रुसी संघको स्वास्थ्य मन्त्रालय अन्तर्गतको रूसी राष्ट्रिय अनुसन्धान चिकित्सा विश्वविद्यालय, जुन एन. आई. पिरोगोभको नाममा रहेको छ।

Основное изображение статьи
18
स्नातक, विशेषज्ञ, स्नातकोत्तर कार्यक्रमहरू
15
इंस्टीच्युटहरु
1
उन्नत इन्जिनियरिङ स्कूल "स्कूल अफ मेडिकल इन्जिनियरिङ"
11,209
स्नातक, विशेषज्ञ, स्नातकोत्तर विद्यार्थीहरू
56
आवासीय इन्टर्नशिप कार्यक्रमहरू
9
विद्यावारिधि कार्यक्रमहरू
2,667
इन्टर्न तथा विद्यावारिधिका विद्यार्थीहरू
1,450
विदेशी विद्यार्थीहरू
Data as of २०२५ जुन १३

एन. आई. पिरोगोभको नाममा रहेको  रूसी राष्ट्रिय अनुसन्धान चिकित्सा विश्वविद्यालय रूसी संघको अग्रणी चिकित्सा विश्वविद्यालय हो, जसले चिकित्सक, औषधि विशेषज्ञ, क्लिनिकल मनोवैज्ञानिक, सामाजिक कार्यकर्ता र वैज्ञानिक कर्मचारीहरू उत्पादन गर्न  प्रशिक्षण प्रदान गर्दछ।

पिरोगोभ विश्वविद्यालय रूसको एक मात्र चिकित्सा विश्वविद्यालय हो जसलाई "राष्ट्रिय अनुसन्धान विश्वविद्यालय" को श्रेणी प्रदान गरिएको छ।

rsmu.ru
VK – @rnimupirogov

२०२५/२०२६ शैक्षिक वर्षमा शिक्षण शुल्क

स्नातक र विशेषज्ञ डिग्री ५,००,००० - १,१००,००० रूबल

स्नातकोत्तर डिग्री १९०,००० - ६००,००० रूबल

इन्टर्नशिप  ५३०,००० - ६३०,००० रूबल

विद्यावारिधि  ४२०,००० - ४५०,००० रूबल

प्रिपेरेटोरी(तयारी) विभाग - २००,००० रूबल (एक्सप्रेस कोर्स) / ३२०,००० रूबल (वार्षिक)

शैक्षिक कार्यक्रमहरू

विशेषज्ञता

  • सामान्य चिकित्सा RU, EN
  • आधारभूत चिकित्सा RU
  • बालरोग विज्ञान RU
  • दन्त चिकित्सा RU, EN
  • औषधि विज्ञान RU
  • क्लिनिकल मनोविज्ञान RU
  • सेवा गतिविधि मनोविज्ञान RU
  • चिकित्सा जैव रसायन RU
  • चिकित्सा जैव भौतिकी RU
  • चिकित्सा साइबरनेटिक्स RU
  • आधारभूत र एप्लाइड जीवविज्ञान RU

स्नातक डिग्री

  • सामाजिक कार्य  RU

स्नातकोत्तर डिग्री

  • मनोविज्ञान RU
  • समाजशास्त्र RU
  • सामाजिक कार्य RU
  • जीवविज्ञान RU
  • जैवप्राविधिक प्रणाली र प्रविधिहरू RU
  • विशेष (डिफेक्टोलोजिकल) शिक्षा RU
  • न्यायशास्त्र RU

भर्ना

बजेट सिटको संख्या:

  • स्नातक र विशेषज्ञ डिग्री - १६५२
  • मास्टर डिग्री - ८६

कागजात स्वीकृतिको सुरुवात - जुन २०, २०२५

भर्नाको अन्त्य - जुलाई १५, २०२५

परीक्षा - जुलाई ११ देखि २५ जुलाई, २०२५ सम्म

आवेदकको पृष्ठ https://monreg.rsmu.ru/

भर्ना र कागजातहरूको तयारीसम्बन्धि  परामर्श

+7 (968) 926-72-21 (WhatsApp)
admission@rsmu.ru

प्रशिक्षणको लागि एडमिसन विभाग

विभागिय प्रमुख

एलिजावेथा आन्द्रियभ्ना  करोत्काया

+7 495 434-31-74
prk@rsmu.ru

भर्नाका तरिकाहरु (सम्भावनाहरु)

सशुल्क/नि:शुल्क

विदेशी नागरिक, राज्यविहीन व्यक्तिहरू र विदेशमा बस्ने स्वदेशीहरूलाई रूसमा उच्च शिक्षा प्राप्त गर्ने अधिकार छ।

  • सशुल्क शैक्षिक सेवाहरूको प्रावधानको लागि सम्झौता (कंट्र्याक्ट) अनुरुप 
  • बजेट कोषको खर्चमा (नि:शुल्क)
  1.  रुसी सरकारी कोटा अन्तर्गत
  2.  अन्तर्राष्ट्रिय सम्झौताहरू अनुसार रुसी संघका नागरिकहरूसँग समान आधारमा सामान्य प्रतिस्पर्धा गरेर
  3.  स्वदेशी नागरिकका हकमा  समर्थन कार्यक्रम अन्तर्गत

प्रवेश परीक्षाहरू

स्नातक/विशेषज्ञ/स्नातकोत्तर डिग्री

  • कम्प्युटर परीक्षण

विद्या वारिधि

  • प्रवेश परीक्षाहरू (व्यक्तिगत रूपमा)

मेडिकल इन्टर्नशिप

  • कम्प्युटर परीक्षण (व्यक्तिगत रूपमा)

पूर्वाभ्यास परीक्षण (परीक्षा रिहर्सल) को मद्दतले तपाईंले प्रवेश परीक्षाको तयारी गर्न सक्नुहुन्छ https://tempolw.rsmu.ru/

विद्यालय तथा कलेजका ९-११ कक्षाका विद्यार्थीहरूको  लागि रसायन विज्ञान र जीवविज्ञान विषयमा  पिरोगोभस्काया ओलम्पियाड https://rsmu.ru/academics/for-school-students/pirogov-olimpiada

व्यक्तिगत उपलब्धिहरूको लेखाजोखा clck.ru/3S443X

प्रिपेरेटोरी फ्याकल्टी (तयारी विभाग)

पूर्ण पाठ्यक्रम (१० महिना) - ३२०,००० रूबल

पहिलो सेमेस्टर:

  • रूसी भाषा (सामान्य भाषिक पाठ्यक्रम)

दोस्रो सेमेस्टर:

  • रूसी भाषा (शब्दावली)
  • रूसी भाषाको प्रयोग गर्दै मुख्य विषयहरूमा अध्यापन: रसायन विज्ञान, भौतिक विज्ञान, गणित, जीव विज्ञान, सामाजिक विज्ञान र इतिहास

एक्सप्रेस कोर्स (४ महिना) - १६०,०००   रूबल

  • रूसी भाषा (सामान्य भाषिक पाठ्यक्रम र   शब्दावली)
  • रूसी भाषाको प्रयोग गर्दै मुख्य विषयहरूमा अद्ध्यापन तालिम:  रसायन विज्ञान, भौतिक विज्ञान, गणित, जीवविज्ञान, सामाजिक विज्ञान र इतिहास

विदेशी नागरिकहरूको लागि तयारी पाठ्यक्रमहरू (प्रिपेरेटोरी कोर्स) clck.ru/3S448B

अतिरिक्तप्रोफेशनल (व्यावसायिक) शिक्षा: चिकित्सकहरुका सुविधाका लागि डिजिटल वातावरण (प्रशिक्षण - नि:शुल्क)

फाइदाहरू

  • उच्च योग्यता भएका प्रोफेसरहरु तथा अन्य शिक्षकहरुको  संकाय
  • लघु प्रोफाइल अन्तर्गत विशेषज्ञहरूको तालिम:
  • मेडिकल बायोकेमिस्ट्री
  • मेडिकल साइबरनेटिक्स
  • मेडिकल बायो फिजिक्स
  • व्यावहारिकता (प्रयोगात्मकता) प्रति प्रशिक्षणको विशेष ध्यान
  • आधुनिक उपकरणहरू सहितको तालिम
  • उच्च-गुणस्तरको क्लिनिकल आधारशिला 
  • अन्तर्राष्ट्रिय पारस्परिक सहकार्य

विभागीय प्रमुख
एरिका आगानेसोभना गाल्स्च्यान्

+7 (495) 434-10-44
ims@rsmu.ru

इन्टरडक्टर परियोजना

रूसी स्वास्थ्य मन्त्रालयको अग्रणी चिकित्सा र वैज्ञानिक केन्द्रहरूमा विदेशी अभ्यासरत डाक्टरहरूले पनि आफ्नो कामकै क्रममा तालिम लिन सक्छन्।

हाल, मस्कोका अग्रणी चिकित्सा केन्द्रहरूमा ५०० भन्दा बढी कार्यक्रमहरू कार्यान्वयनको लागि तयार छन्।तपाईंले पोर्टल interdoctor.org मार्फत आवेदन दिन र इन्टर्नशिप कार्यक्रमहरूको सूची र विवरण हेर्न सक्नुहुन्छ

स्नातकहरूको रोजगारी

  • चिकित्सा संस्थाहरू (पोलीक्लिनिकहरू, अस्पतालहरू, निजी क्लिनिकहरू, एम्बुलेन्स सेवा, सेनेटोरियमहरू, सैनिक अस्पतालहरू)
  • औषधि कम्पनीहरू, चिकित्सा संस्थानहरू, प्रयोगशालाहरू, औषधि उत्पादन कारखानाहरु
  • मेडिकल प्रोग्रामहरु तथा अनुसन्धानका क्षत्रहरु, चिकित्सामा प्रयोग कृत्रिम बुद्धिमत्ता र औषधिका क्षत्रहरु, स्वास्थ्य सेवा व्यवस्थापन जस्ता क्षत्रहरु।

कागजातहरू विश्वविद्यालयको इलेक्ट्रोनिक सूचना प्रणाली मार्फत व्यक्तिगत रूपमा वा इलेक्ट्रोनिक रूपमा पेश गर्न सकिन्छ।

https://lk.rsmu.ru/

अहमद, साउदी अरेबिया

शुरुमा, मैले विदेशमा पढ्ने योजना बनाएको थिएँ त्यसैले रूसी विश्वविद्यालयमा प्रवेश गर्ने विचार गरेको थिइनँ। तर रूसमा अध्ययन गर्ने साथीसँग कुरा गरेपछि भने मेरो योजना परिवर्तन भयो र रूसमै पढ्ने भएं, सबै कुरा बडो सहज रूपमा भयो, र अब म मेरो रोजाइसँग खुशी छु। पाँच वर्षको अद्ध्यन दौरानमा, म मस्को र यहाँका मानिसहरूलाई मन पराउन थालें।

भविष्यमा, म अन्तर्राष्ट्रिय स्तरमा आफूलाई विकसित गर्ने योजनामा ​​छु, तर रूस सधैं मेरो दोस्रो मातृभूमिका रुपमा रहनेछ।

पिरोगोभ विश्वविद्यालयले विभिन्न राष्ट्रियताका विद्यार्थीहरूलाई एकताबद्ध गर्दछ, सबैलाई उनीहरूको क्षमता प्रकट गर्न मद्दत गर्दछ।

वातावरण अनुकूलन (एडप्टेशन)

पिरोगोभ विश्वविद्यालयमा एक ट्युटोरिङ परम्परा कायम छ:

  • शैक्षिक समूहका ट्युटरहरू, वरिष्ठ विद्यार्थीहरूले पहिलो वर्षका विद्यार्थीहरूलाई उनीहरूको अध्ययनको पहिलो वर्षको समयमा वातावरण सहज हुन मद्दत गर्छन्।
  • ट्युटर-शिक्षकहरूले ५ विषयहरूमा कक्षाहरू सञ्चालन गर्छन्: एनाटोमी, हिस्टोलोजी, रसायन विज्ञान, जीवविज्ञान र टोपोग्राफिकल एनाटोमी।
  • छात्रावासका शिक्षकहरू - ती विद्यार्थीहरू, जसले नयाँ विद्ध्यार्थी हरूलाई छात्रावासको जीवनसंग एडप्ट हुन मद्दत गर्छन्।

विद्यार्थी समुदाय परिषद् https://clck.ru/3S44J9

विद्यार्थी जीवन

  • अनुसन्धानात्मक गतिविधिहरू
  • विद्यार्थी विज्ञान समाज (SSS), जसमा ९९ वैज्ञानिक क्लबहरू समावेश छन्
  • स्वयंसेवी परियोजनाहरू, डोनर मुभमेन्ट, सांस्कृतिक स्टुडियोहरू, खेलकुद र पर्यटक क्लबहरू

पिरोगोभ विश्वविद्यालयले विदेशी विश्वविद्यालयहरूसँग आदानप्रदान कार्यक्रमहरू लागू गर्दछ, जसले विद्यार्थीहरूलाई स्वास्थ्य सेवा प्रणालीहरूको तुलना गर्न, आधुनिक उपचार विधिहरू अध्ययन गर्न, बिरामीहरूको रोग निदान गर्न  र उपचारमा भाग लिन, अनुसन्धान परिणामहरूको व्याख्या गर्न, शल्यक्रिया र चिकित्सा प्रक्रियाहरू अवलोकन गर्न अनुमति दिन्छ।

विश्वविद्यालयले CIS र BRICS देशहरूका अनुसन्धान संस्थानहरू, शैक्षिक तथा चिकित्सा संस्थाहरूका साथै अन्य विदेशी देशहरूसँग सहकार्य गर्दछ।

दिआस, काजाकिस्तान

मैले पिरोगोभ विश्वविद्यालय रोजें, किनभने यो देशको अग्रणी चिकित्सा विश्वविद्यालयहरू मध्ये एक हो, जहाँ तपाईं उच्च-गुणस्तरको ज्ञान प्राप्त गर्न सक्नुहुन्छ र ट्रमाटोलोजिस्ट बन्न सक्नुहुन्छ। म रूसमा काम गर्ने योजनामा ​​छु, म यहाँ व्यावसायिक विकासका लागि अवसरहरू देख्छु। म प्रशिक्षणको जटिलता बुझ्छु, तर म लक्ष्य प्राप्त गर्नका लागि चुनौतीहरूको सामना गर्न तयार छु।

“ज्ञानको लागि रूस” - थप समीक्षाहरु clck.ru/3S45tu

१३.०६.२०२५
शीर्षकहरू
ट्यागहरू
HED जर्नलमा लेखहरू
Наверх