
विद्यार्थीहरूको अखिल-रुस ओलम्पियाड "म एक पेशेवर हुँ" - स्नातक, विशेषज्ञ र स्नातकोत्तर कार्यक्रमहरूमा, अनि आधारभूत र विशेष उच्च शिक्षामा रूसी विश्वविद्यालयहरूमा अध्ययन गर्ने विश्वभरका विद्यार्थीहरूका लागि सबैभन्दा ठूलो बहु-अनुशासनात्मक ओलम्पियाड हो। यो रूसी संघको विज्ञान तथा उच्च शिक्षा मन्त्रालयको सहयोगमा राष्ट्रिय परियोजना "युवा र बालबालिका" शिर्षक अन्तर्गतको संघीय परियोजना "रूस - अवसरहरूको देश" को रूपरेखा भित्र लागू गरिएको छ।
“म एक पेशेवर हुँ" ओलम्पियाडमा भाग लिनु भनेको आफूलाई प्रमाणित गर्ने र कुनै खास क्षेत्रमा उच्च स्तरको ज्ञान प्रदर्शन गर्ने मात्र नभई उत्कृष्ट रूसी कम्पनीहरूमा जागिर पाउने एउटा सुनौलो अवसर हो।
- १४ लाख सहभागीहरू
- १ लाख डिप्लोमा विजेताहरू
- ३,५०० पदक विजेताहरू
ओलम्पियाड निम्न तालिमका क्षेत्रहरूमा आयोजना गरिन्छ:
- कृषि-औद्योगिक कम्प्लेक्स र खाद्य प्रविधि
- हतियार र सैन्य उपकरण
- प्राकृतिक विज्ञान
- इन्जिनियरिङ विज्ञान र प्रविधि
- कला र मानविकी
- कम्प्युटर विज्ञान
- चिकित्सा र स्वास्थ्य सेवा
- शिक्षण विज्ञान
- सामाजिक-आर्थिक विज्ञान
- शारीरिक शिक्षा
उत्कृष्ट सहभागीहरूका लागि पुरस्कारहरू
- अग्रणी रूसी विश्वविद्यालयहरूमा प्रवेश गर्दा विशेष सुविधाहरु पाउनाका लागि आवेदन दिन अनुमति दिने डिप्लोमा
- ठूला रूसी कम्पनीमा इन्टर्नशिप (वरिष्ठ विद्यार्थीहरूको लागि)
- उत्कृष्ट सहभागीहरूका लागि नगद पुरस्कार - पदक विजेताहरूका लागि
- ओलम्पियाडका सहभागीहरूले ओलम्पियाडका साझेदार कम्पनीहरूमा इन्टर्नशिपका लागि र रिक्त पदहरूमा नियुक्ति प्राप्तिका लागि, मानव संसाधन विशेषज्ञहरूसँग परामर्श लिनाका लागि (डिप्लोमा विजेताहरू र ओलम्पियाडको अन्तिम चरणमा पुगेका सहभागीहरूका लागि जसले शून्य नतिजा हासिल गरेका छन्), अनलाइन कार्यक्रमहरू र कम्पनीहरूको भ्रमणहरूमा पहुँच पाउँछन्।
ओलम्पियाडका आयोजकहरू
ओलम्पियाडका आयोजकहरू निम्न रहेका छन्
विद्यार्थी ओलम्पियाड आयोजकहरूको संघ "म एक पेशेवर(प्रोफेशनल) हुँ", ANO "रूस - अवसरहरूको देश", अखिल-रूसी रोजगारदाताहरूको संघ "रूसी उद्योगी र उद्यमी संघ" (RSPP), ३३ अग्रणी विश्वविद्यालयहरू।
ओलम्पियाडका सामान्य साझेदारहरू: स्बेरबांक(Sberbank PJSC), "रोस आटोम" स्टेट कर्पोरेशन, TMK PJSC, "गाजप्रोमब्यांक" JSC, "प्ल्युस" PJSC, "नोरिल्स्क निकेल" MMC PJSC, "अल्फा-ब्यांक" JSC, "रसियन रेल्वेज" OJSC, कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा गठबन्धन, VTB बैंक PJSC, यांडेक्स।
"म एक पेशेवर हुँ" ओलम्पियाडले तपाईंलाई आफ्नो सीप निखार्न र सम्बन्ध स्थापित गर्न मद्दत गर्नेछ।
यदि तपाईं रूसी विश्वविद्यालयमा अध्ययन गर्दै हुनुहुन्छ र आफूलाई एक उच्च योग्य विशेषज्ञको रूपमा स्थापित गर्न चाहनुहुन्छ भने, अखिल-रूसी विद्यार्थी ओलम्पियाड "म एक पेशेवर हुँ" तपाईंलाई चाहिने कुरा हो! ओलम्पियाडमा सहभागिताले तपाईंलाई कुनै निश्चित क्षेत्रमा आफ्नो ज्ञानको स्तर परीक्षण गर्न, अग्रणी रूसी विश्वविद्यालयहरूमा विद्यावारिधि डिग्री, स्नातकोत्तर अध्ययन र रेसिडेन्सीमा प्रवेश गर्दा लाभहरू प्राप्त गर्न र ठूला विशेष कम्पनीमा इन्टर्नशिप पूरा गर्न मद्दत गर्नेछ, जुन तपाईंको करियरको लागि उत्कृष्ट सुरुवात हुन सक्छ।
आज, हाम्रो HED_people स्तम्भमा हाम्रा अतिथि "म एक पेशेवर हुँ" ओलम्पियाडका सहभागी, बंगलादेशका आलम मोहम्मद मुस्ताकिम बिन छन् , जो नोवोसिबिर्स्क स्टेट युनिभर्सिटीको भौतिकशास्त्र विभागका दोस्रो वर्षका स्नातक विद्यार्थी हुन्। उनी भौतिकशास्त्रप्रतिको आफ्नो लगावको बारेमा कुरा गर्छन् र यसमा भाग लिँदाको आफ्नो अनुभव, ओलम्पिक र त्यसको तयारी, साथै उनको सफलताको रहस्यलाई साझा गर्छन्।

नोवोसिबिर्स्क स्टेट युनिभर्सिटीको भौतिकशास्त्र विभागका दोस्रो वर्षका स्नातक विद्यार्थी आलम मोहम्मद मुस्ताकिम बिन, अन्तर्राष्ट्रिय खगोल विज्ञान र खगोल भौतिकशास्त्र प्रतियोगिता (IAAC) का विजेता, अल-रूसी विद्यार्थी ओलम्पियाड "म एक पेशेवर हुँ" का सहभागी।
“मेरो रोजाइ भौतिकशास्त्र हो।“
म बंगलादेशमा जन्मेको हुँ तर पढ्नको लागि रूस गएँ। सन् २०२१ मा, मैले नोवोसिबिर्स्क स्टेट युनिभर्सिटीमा पढ्नको लागि राज्य छात्रवृत्ति प्राप्त गरें। म हाल भौतिकशास्त्र विभागमा दोस्रो वर्षको स्नातक विद्यार्थी हुँ। मलाई खगोल विज्ञान सम्बन्धी वैज्ञानिक लेखहरू पढ्न मन पर्छ, म पुराना सिक्का, टिकट र प्राकृतिक ढुङ्गाहरू सङ्कलन गर्छु।
म सधैं भौतिकशास्त्रको बारेमा उत्साहित थिएँ र यसले प्रदान गर्ने अवसरहरूको अधिकतम सदुपयोग गर्न चाहन्थें। सन् २०२२ मा, मैले अन्तर्राष्ट्रिय खगोल विज्ञान र खगोल भौतिकी प्रतियोगिता (IAAC) मा भाग लिएं र रजत पदक प्राप्त गर्दै रूसको राष्ट्रिय विजेता बनें । सन् २०२४ मा मैले IAAC मा फेरि मेरो ज्ञानको परीक्षण गरें र रजत पदक जितें। सोही वर्ष, मैले IYMC मा रूसको विजेताको राष्ट्रिय पुरस्कार प्राप्त गरें।
पहिचान प्राप्त गर्ने प्लेटफर्म
भाग लिनको लागि म सधैं ओलम्पियाडहरूको बारेमा जान्न प्रयास गर्ने गर्छु। पहिले, मैले अन्तर्राष्ट्रिय ओलम्पियाडहरूमा भाग लिएको थिएँ, तर जब म रूस आएँ, म स्थानीय विश्वविद्यालयका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्न चाहन्थें। मैले स्नातक विद्यार्थीहरूको लागि कुनै पनि पूर्ण-रूसी परियोजनाहरूको बारेमा सुनेको थिईन। मेरो खोजले मलाई विषयगत न्यूजलेटरको सदस्यता लिन प्रेरित गर्यो। यसरी मैले "म एक पेशेवर हुँ" ओलम्पियाडमा भाग लिने अवसरको बारेमा बुझें र प्रेरणाको श्रोत पनि प्राप्त गरें
जब मैले "म एक पेशेवर हुँ" ओलम्पियाडको बारेमा थाहा पाएँ, सुरुमा मलाई अनिश्चितता र आफूलाई बढी जान्नेसुन्ने भएको पो हो कि भन्ने पाखण्डी सिन्ड्रोमले सताएको थियो। तर मैले आत्म-विश्लेषणको मद्दतले यसको सामना गरें, प्राप्त गर्न सकिने लक्ष्यहरू राखें, भाग लिने निर्णय गरें र पछुतो भएन। ओलम्पियाडले मेरो व्यावसायिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ, व्यावसायिक सीपहरू निखार्न, मान्यता प्राप्त गर्न र बहुमूल्य सम्बन्धहरू बनाउन प्लेटफर्म प्रदान गरेको छ। मैले आलोचनात्मक रूपमा सोच्न, जटिल समस्याहरू समाधान गर्न र मेरो विषयवस्तुको विशेषज्ञता सुधार गर्न सिकें - जुन कुनै पनि पेशाको लागि नभई नहुने महत्त्वपूर्ण गुणहरू हुन्। अनि सहभागी हुने अनुभवले मेरो बायोडाटामा धेरै सुधार ल्याएको छ र उद्योगका अग्रणीहरू र साथीहरूसँग नेटवर्किङ अवसरहरूको ढोका खोलेको छ।।
एक अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा, यो मेरो लागि आफ्नो स्थिति बलियो बनाउने र सफलता हासिल गर्ने एउटा ठूलो अवसर हो। मेरो विश्वविद्यालय र रूसको लागि केही गर्न पाउनु मेरो लागि ठूलो सम्मानको कुरा हो।
तपाईं "एकाग्रता" चाहेरै पनि गुमाउन सक्नुहुन्न।
तयारीको क्रममा केही रमाइला क्षणहरू पनि थिए। एक दिन हामीले गति संरक्षणको नियमलाई व्यवहारमा परीक्षण गर्ने निर्णय गर्यौं। हामीले समतल सतहमा भकुण्डो घुमाउने एउटा साधारण प्रयोग गर्यौं। हामीले परिवर्तनशील पिण्डले प्रणालीको गतिलाई कसरी असर गर्छ भनेर देखाउन एउटा कार्ट (गाडा) र विभिन्न आकार र तौलका धेरै भकुण्डोहरू प्रयोग गर्यौं। सबै कुरा सहज रूपमा चलिरहेको थियो जबसम्म हामी मध्ये एकले उक्त प्रक्रियालाई छिटो बनाउने सुझाव दिँदैन- केवल कार्ट वरिपरि बलहरू घुमाउनुको सट्टा, उसले कार्टमै ठूलो बलको हवाई प्रहार गर्ने निर्णय गर्यो! हामीले ठक्करको प्रभाव देखाउनु राम्रो विचार हो भन्ने सोच्यौं। अनि, बल सिधै कार्टतिर उडिरहेको बेला, कसैले कोण गलत हिसाब गर्यो, र बल छेउमा उफ्रियो... प्रयोगात्मक क्षेत्र बाहिर उभिएका प्रयोगशाला बीकरहरूको थुप्रोमा! ठूलो आवाजमा गिलास फुट्यो, र एक क्षणको लागि सबैजना स्थिर भए। भाग्यवश कसैलाई चोट लागेन, तर यो हाम्रो एकाग्रतामा गम्भीर धक्का थियो।
आफ्नो सन्तुलन कायम राख्नु र हर कुरादेखि सूचित रहनु:
प्रभावकारी समय व्यवस्थापन र सीमा निर्धारणले सन्तुलन कायम राख्न मद्दत गर्छ। द्रुत गतिमा परिवर्तन भइरहेको उद्योगमा अद्यावधिक रहन निरन्तर सिकाइ र बुझाई आवश्यक छ, जुन मैले पाठ्यक्रमहरू, कार्यशालाहरू र अनलाइन समुदायहरू मार्फत हासिल गरेको छु। बाटोमा जतिसुकै बाधाहरू आए पनि, ती अवरोधहरू पार गर्नाले सफलताको बाटो बलियो हुन्छ।"
१३.०६.२०२५