200
स्नातक, स्नातकोत्तर र विद्यावारिधि कार्यक्रमहरू
100
शिक्षण तथा अनुसन्धान प्रयोगशालाहरू
100
विदेशी साझेदार विश्वविद्यालयहरू
1,500
विदेशी विद्यार्थीहरू
इर्कुत्स्क राष्ट्रिय अनुसन्धान प्राविधिक विश्वविद्यालय पूर्वी साइबेरियाको एक अग्रणी अनुसन्धान विश्वविद्यालय हो। यसले रक्षा उद्योग, तेल र ऊर्जा उद्योग, मेकाट्रोनिक्स, रोबोटिक्स, भू-सूचना विज्ञान र भू-भौतिकशास्त्र, विमान इन्जिनियरिङ र यातायात, दूरसञ्चार प्रविधि, वातावरणीय इन्जिनियरिङ, अन्तर्राष्ट्रिय व्यापार र अन्य धेरै क्षेत्रहरूको लागि उच्च योग्य कर्मचारीहरू (विशेषज्ञहरु) तयार गर्दछ।
रूसी भाषाका कार्यक्रमहरूमा ६०% सम्म र अंग्रेजी भाषाका कार्यक्रमहरूमा ८०% सम्म छुट।
eng.istu.edu
Youtube – @INRTUadmission
प्रति वर्ष ट्युसन शुल्क
रूसी भाषाका कार्यक्रमहरू
१९२,५०० – ३८२,६०० रूबल
अंग्रेजी भाषाका कार्यक्रमहरू
२६५,००० - ३६५,००० रूबल
विश्वविद्यालयमा अध्ययन गर्नुका फाइदाहरू
- किफायती मूल्यमा गुणस्तर। INRTU (इर्कुत्स्क नेशनल रिसर्च टेक्निकल युनिभर्सिटी) किफायती मूल्यमा गुणस्तरीय शिक्षा खोज्ने विद्यार्थीहरूको लागि एक आदर्श विकल्प बन्दछ, किनकि इर्कुत्स्कमा कम जीवनयापन लागतसँगै अंग्रेजी भाषाका कार्यक्रमहरूमा ८०% सम्मको छुट प्रदान गरिन्छ।
- सरलीकृत भर्ना। भर्नाको लागि कुनै SAT, TOEFL वा IELTS, बैंक स्टेटमेन्ट आदिको आवश्यकता पर्दैन, जसले गर्दा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि भर्ना प्रक्रिया सजिलो बन्छ।
- अन्तर्राष्ट्रिय मान्यता। INRTU बाट प्रदत्त डिप्लोमाहरू विश्वभर मान्य हुन्छन्।
- 'अन्तर्राष्ट्रिय विद्यार्थी सहयोग सेवा'ले विश्वभरका विद्यार्थीहरूको हेरचाह गर्छ।
- जीवन्त क्याम्पस लाइफ। INRTU क्याम्पसले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि छात्रावास, खेलकुद सुविधाहरू र विद्यार्थी क्लबहरू सहित आधुनिक पूर्वाधारसहितको सुरक्षित, आरामदायी र गतिशील वातावरण प्रदान गर्दछ।
तयारी संकाय (प्रिपेरेटरी फ्याकल्टी)
अवधि: १ वर्ष, २ वर्ष
लागत: प्रति वर्ष ८०,००० रूबलबाट
प्रवेश परीक्षा: संचालन गरिंदैन
INRTU को तयारी संकायबाट B1 वा सो भन्दा माथिको स्तरमा उतिर्ण भएका विद्यार्थीहरूले रूसी भाषाको स्नातक र विशेषज्ञ कार्यक्रमहरूमा ६०% सम्म छुट पाउँछन्।
विदेशी नागरिकहरूको लागि प्रवेश समिति
+7 902 543 09 92
admission@istu.edu.ru
INRTU "साइबेरियाको मोती" भनेर चिनिने इर्कुत्स्क शहरमा अवस्थित छ। समृद्ध रूसी इतिहास, संस्कृति र प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो शहर युनेस्कोको विश्व सम्पदा स्थल, आश्चर्यजनक बैकाल तालको छेउमा अवस्थित छ।
अध्ययनका दिशाहरू
- इन्जिनियरिङ विज्ञान: मेकानिकल इन्जिनियरिङ, विमान इन्जिनियरिङ, पावर इन्जिनियरिङ, रेडियो इन्जिनियरिङ
- कम्प्युटर विज्ञान: सूचना विज्ञान र कम्प्युटर इन्जिनियरिङ, सूचना प्रणाली र प्रविधिहरू, साइबर सुरक्षा
- प्राकृतिक विज्ञान: रासायनिक प्रविधि, जैव प्रविधि, पारिस्थितिकी, व्यावहारिक भूविज्ञान, भूगर्भीय अन्वेषण
- डिजाइन र वास्तुकला: वास्तुकला, डिजाइन, निर्माण
- व्यवसाय र कानून: अर्थशास्त्र,अन्तर्राष्ट्रिय व्यापार, विज्ञापन,पत्रकारिता, कानूनशास्त्र
अंग्रेजी भाषाका कार्यक्रमहरू
स्नातक डिग्री
- Artificial Intelligence and Computer Science
- Environmental Science Engineering
- Power Electrical Engineering
- Sustainable Innovative Economics
- Finance and Accounting
- International Business
- Journalism and Сommunications
- Linguistics and Business Communication
स्नातकोत्तर डिग्री
- Information Technologies, Networks and Big Data
- Renewable Energy
- MBA: Global Management and Leadership
- Ecology & Green Technologies
अंग्रेजी भाषाका कार्यक्रमहरूमा प्रवेश पाउन रूसी भाषाको ज्ञान आवश्यक पर्दैन।
आवेदकको गाइड
- भर्नाको लागि आवश्यक कागजातहरू बुझाउनुहोस्।
- टाढैबाट दिन मिल्ने प्रवेश परीक्षाहरू पास गर्नुहोस्।
- पढाईका लागि सम्झौता-पत्रमा हस्ताक्षर गर्नुहोस्।
- इन्भिटेशन लेटर प्राप्त गर्नुहोस् (बनिसक्न ४५ दिन लाग्छ) र रूसी संघको कूटनीतिक संस्थामा गई विद्यार्थी भिसाको लागि आवेदन दिनुहोस्।
- त्यसपछि अध्ययन सुरु गर्न विश्वविद्यालयमा आइपुग्नुहोस्।
रूसी सरकारको कोटा अन्तर्गत अध्ययन गर्नुहोस्
education-in-russia.com पोर्टलमा आवेदन दिनुहोस् र रूसी हाउस एब्रोडद्वारा आयोजित छनोट परीक्षा पास गर्नुहोस्।
अन्तर्वार्ताको तयारीका लागि सुझावहरू:
- अन्तर्वार्ताको समयमा शान्त रहनुहोस् र चिन्ता नगर्नुहोस्।
- तपाईंलाई सोधिने प्रश्नहरूको जवाफ पहिले नै तयार गर्नुहोस्:
––तपाईं रूसमा किन अध्ययन गर्न चाहनुहुन्छ?
––तपाईं यो विशेष विशेषज्ञता किन अध्ययन गर्न चाहनुहुन्छ?
––तपाईंको पोर्टफोलियोका कुन उपलब्धिहरूमा तपाईंलाई सबैभन्दा धेरै गर्व लाग्छ ?
स्कूले केटाकेटी, विद्यार्थी र रूसी शिक्षकहरूका लागि रूसी भाषामा ग्रीष्मकालीन विद्यालयहरू
कार्यक्रममा रूसी भाषाका कक्षाहरू, रूसी इतिहास र संस्कृतिसँगको परिचय, बैकाल तालको शैक्षिक भ्रमण आदि समावेश छ।
INRTU छात्रावासमा पढाई र आवास - नि:शुल्क।
विद्यार्थीहरूको लागि रूसी भाषाको ग्रीष्मकालीन विद्यालयको बारेमा भिडियो
रूसी भाषा शिक्षकहरूको स्तरोन्नति प्रशिक्षणको लागि ग्रीष्मकालीन विद्यालयको बारेमा भिडियो
INRTU क्याम्पस
क्याम्पस शहरको केन्द्र नजिकै अवस्थित छ। यसको क्षेत्रमा क्याफेहरू,मेडिकल सेन्टर, स्टेडियमहरू, खेलकुद हलहरू, पसलहरू, बैंकहरू आदि छन्।
सबै विदेशी विद्यार्थीहरूलाई विश्वविद्यालयबाट ५ मिनेट पैदल दूरीमा अवस्थित छात्रावासहरूमा किफायती र आरामदायी आवास प्रदान गरिन्छ।
सेक्सनल प्रकारका र करिडोर प्रकारका १९ आधुनिक छात्रावासहरू।
आवासको लागत (एकल, डबल, ट्रिपल) - ७६० देखि ९ २०० रूबल सम्म प्रति महिना।
BRICS बैकाल इन्स्टिच्युट
INRTU को एक शाखा इन्स्टिच्युट, एक अद्वितीय बहुसांस्कृतिक प्लेटफर्म हो, जहाँ अङ्ग्रेजी र चिनियाँ भाषामा शिक्षण सञ्चालन गरिन्छ।
जसको मुख्य विशेषता भनेको - शिक्षकहरू र विद्यार्थीहरूको बहुराष्ट्रिय संरचना हो। यहाँ नाइजेरिया, भारत, चीन र इरानका प्राध्यापकहरूले यहाँ पढाउँछन्, र BRICS देशहरू (रूस, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इरान, इथियोपिया, इन्डोनेसिया) र अन्य धेरै देशहरूका विद्यार्थीहरू यहाँ अध्ययन गर्छन्। यसका कारण शैक्षिक प्रक्रिया परम्परागत राष्ट्रिय शैक्षिक मोडेलहरूभन्दा बाहिर जान्छ र स्नातकहरूलाई गतिशीलता प्रदान गर्दछ - यहाँबाट प्राप्त ज्ञान र दक्षताहरूका आधारमा उनीहरूलाई रूस तथा अन्य देशहरूमा पनि आफ्नो करियर निर्माण गर्न सम्भव हुन्छ।
बैकाल इन्स्टिच्युट BRICS - सबै कार्यक्रमहरू अंग्रेजी र चिनियाँ भाषामा मात्र पढाइन्छ, र यहाँको अन्तर्राष्ट्रिय विद्यार्थी समुदायलाई विश्वका ५० भन्दा बढी देशहरूले प्रतिनिधित्व गर्छन्।
साइबेरियन स्कूल अफ जियोसाइन्सेस (SSG)
INRTU भित्रको अन्तर्राष्ट्रिय अनुसन्धान संस्थान।
यहाँ बृहत् स्तरको वैज्ञानिक अनुसन्धान सञ्चालन गरिन्छ र मौलिक शैक्षिक कार्यक्रमहरू लागू गरिन्छ, जसले विश्वविद्यालयलाई रूस, पूर्वी युरेशिया र अफ्रिकाको बजारमा पृथ्वी विज्ञान, वातावरण र भूमिगत प्रयोगको क्षेत्रमा अग्रणी विश्वविद्यालयहरू मध्ये एक बन्न सम्भव बनाउछ।
SSG विद्यार्थीहरूले वास्तविक गतिविधिको अनुभव मात्र प्राप्त गर्ने नभई इन्स्टिच्युट नछोडिकनै वास्तविक भूगर्भीय करियर पनि निर्माण गर्न सक्छन् र आफ्नो अध्ययनको क्रममा, जुनियर पाठ्यक्रमहरूमा प्रयोगशाला अनुसन्धान सहायकबाट वरिष्ठ पाठ्यक्रमहरूमा इन्जिनियर, परियोजना प्रबन्धकमा पनि जान सक्छन्।
अन्य INRTU इन्स्टिच्युटहरूको बारेमा जान्नुहोस्
१३.०६.२०२५