200
स्नातक, स्नातकोत्तर र विद्यावारिधि कार्यक्रमहरू
100
शिक्षण तथा अनुसन्धान प्रयोगशालाहरू
100
विदेशी साझेदार विश्वविद्यालयहरू
1,500
विदेशी विद्यार्थीहरू
इर्कुत्स्क राष्ट्रिय अनुसन्धान प्राविधिक विश्वविद्यालय पूर्वी साइबेरियाको एक अग्रणी अनुसन्धान विश्वविद्यालय हो। यसले रक्षा उद्योग, तेल र ऊर्जा उद्योग, मेकाट्रोनिक्स, रोबोटिक्स, भू-सूचना विज्ञान र भू-भौतिकशास्त्र, विमान इन्जिनियरिङ र यातायात, दूरसञ्चार प्रविधि, वातावरणीय इन्जिनियरिङ, अन्तर्राष्ट्रिय व्यापार र अन्य धेरै क्षेत्रहरूको लागि उच्च योग्य कर्मचारीहरू (विशेषज्ञहरु) तयार गर्दछ।
रूसी भाषाका कार्यक्रमहरूमा ६०% सम्म र अंग्रेजी भाषाका कार्यक्रमहरूमा ८०% सम्म छुट।
eng.istu.edu
प्रति वर्ष ट्युसन शुल्क
रूसी भाषाका कार्यक्रमहरू
१९२,५०० – ३८२,६०० रूबल
अंग्रेजी भाषाका कार्यक्रमहरू
२६५,००० - ३६५,००० रूबल
विश्वविद्यालयमा अध्ययन गर्नुका फाइदाहरू
- किफायती मूल्यमा गुणस्तर। INRTU (इर्कुत्स्क नेशनल रिसर्च टेक्निकल युनिभर्सिटी) किफायती मूल्यमा गुणस्तरीय शिक्षा खोज्ने विद्यार्थीहरूको लागि एक आदर्श विकल्प बन्दछ, किनकि इर्कुत्स्कमा कम जीवनयापन लागतसँगै अंग्रेजी भाषाका कार्यक्रमहरूमा ८०% सम्मको छुट प्रदान गरिन्छ।
- सरलीकृत भर्ना। भर्नाको लागि कुनै SAT, TOEFL वा IELTS, बैंक स्टेटमेन्ट आदिको आवश्यकता पर्दैन, जसले गर्दा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि भर्ना प्रक्रिया सजिलो बन्छ।
- अन्तर्राष्ट्रिय मान्यता। INRTU बाट प्रदत्त डिप्लोमाहरू विश्वभर मान्य हुन्छन्।
- 'अन्तर्राष्ट्रिय विद्यार्थी सहयोग सेवा'ले विश्वभरका विद्यार्थीहरूको हेरचाह गर्छ।
- जीवन्त क्याम्पस लाइफ। INRTU क्याम्पसले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि छात्रावास, खेलकुद सुविधाहरू र विद्यार्थी क्लबहरू सहित आधुनिक पूर्वाधारसहितको सुरक्षित, आरामदायी र गतिशील वातावरण प्रदान गर्दछ।
तयारी संकाय (प्रिपेरेटरी फ्याकल्टी)
अवधि: १ वर्ष, २ वर्ष
लागत: प्रति वर्ष ८०,००० रूबलबाट
प्रवेश परीक्षा: संचालन गरिंदैन
INRTU को तयारी संकायबाट B1 वा सो भन्दा माथिको स्तरमा उतिर्ण भएका विद्यार्थीहरूले रूसी भाषाको स्नातक र विशेषज्ञ कार्यक्रमहरूमा ६०% सम्म छुट पाउँछन्।
विदेशी नागरिकहरूको लागि प्रवेश समिति
+7 902 543 09 92
admission@istu.edu.ru
INRTU "साइबेरियाको मोती" भनेर चिनिने इर्कुत्स्क शहरमा अवस्थित छ। समृद्ध रूसी इतिहास, संस्कृति र प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो शहर युनेस्कोको विश्व सम्पदा स्थल, आश्चर्यजनक बैकाल तालको छेउमा अवस्थित छ।
अध्ययनका दिशाहरू
- इन्जिनियरिङ विज्ञान: मेकानिकल इन्जिनियरिङ, विमान इन्जिनियरिङ, पावर इन्जिनियरिङ, रेडियो इन्जिनियरिङ
- कम्प्युटर विज्ञान: सूचना विज्ञान र कम्प्युटर इन्जिनियरिङ, सूचना प्रणाली र प्रविधिहरू, साइबर सुरक्षा
- प्राकृतिक विज्ञान: रासायनिक प्रविधि, जैव प्रविधि, पारिस्थितिकी, व्यावहारिक भूविज्ञान, भूगर्भीय अन्वेषण
- डिजाइन र वास्तुकला: वास्तुकला, डिजाइन, निर्माण
- व्यवसाय र कानून: अर्थशास्त्र,अन्तर्राष्ट्रिय व्यापार, विज्ञापन,पत्रकारिता, कानूनशास्त्र
अंग्रेजी भाषाका कार्यक्रमहरू
स्नातक डिग्री
- Artificial Intelligence and Computer Science
- Environmental Science Engineering
- Power Electrical Engineering
- Sustainable Innovative Economics
- Finance and Accounting
- International Business
- Journalism and Сommunications
- Linguistics and Business Communication
स्नातकोत्तर डिग्री
- Information Technologies, Networks and Big Data
- Renewable Energy
- MBA: Global Management and Leadership
- Ecology & Green Technologies
अंग्रेजी भाषाका कार्यक्रमहरूमा प्रवेश पाउन रूसी भाषाको ज्ञान आवश्यक पर्दैन।
आवेदकको गाइड
- भर्नाको लागि आवश्यक कागजातहरू बुझाउनुहोस्।
- टाढैबाट दिन मिल्ने प्रवेश परीक्षाहरू पास गर्नुहोस्।
- पढाईका लागि सम्झौता-पत्रमा हस्ताक्षर गर्नुहोस्।
- इन्भिटेशन लेटर प्राप्त गर्नुहोस् (बनिसक्न ४५ दिन लाग्छ) र रूसी संघको कूटनीतिक संस्थामा गई विद्यार्थी भिसाको लागि आवेदन दिनुहोस्।
- त्यसपछि अध्ययन सुरु गर्न विश्वविद्यालयमा आइपुग्नुहोस्।
रूसी सरकारको कोटा अन्तर्गत अध्ययन गर्नुहोस्
education-in-russia.com पोर्टलमा आवेदन दिनुहोस् र रूसी हाउस एब्रोडद्वारा आयोजित छनोट परीक्षा पास गर्नुहोस्।
अन्तर्वार्ताको तयारीका लागि सुझावहरू:
- अन्तर्वार्ताको समयमा शान्त रहनुहोस् र चिन्ता नगर्नुहोस्।
- तपाईंलाई सोधिने प्रश्नहरूको जवाफ पहिले नै तयार गर्नुहोस्:
––तपाईं रूसमा किन अध्ययन गर्न चाहनुहुन्छ?
––तपाईं यो विशेष विशेषज्ञता किन अध्ययन गर्न चाहनुहुन्छ?
––तपाईंको पोर्टफोलियोका कुन उपलब्धिहरूमा तपाईंलाई सबैभन्दा धेरै गर्व लाग्छ ?
स्कूले केटाकेटी, विद्यार्थी र रूसी शिक्षकहरूका लागि रूसी भाषामा ग्रीष्मकालीन विद्यालयहरू
कार्यक्रममा रूसी भाषाका कक्षाहरू, रूसी इतिहास र संस्कृतिसँगको परिचय, बैकाल तालको शैक्षिक भ्रमण आदि समावेश छ।
INRTU छात्रावासमा पढाई र आवास - नि:शुल्क।
विद्यार्थीहरूको लागि रूसी भाषाको ग्रीष्मकालीन विद्यालयको बारेमा भिडियो
clck.ru/3SiiKH
रूसी भाषा शिक्षकहरूको स्तरोन्नति प्रशिक्षणको लागि ग्रीष्मकालीन विद्यालयको बारेमा भिडियो
clck.ru/3SiiP2
INRTU क्याम्पस
क्याम्पस शहरको केन्द्र नजिकै अवस्थित छ। यसको क्षेत्रमा क्याफेहरू,मेडिकल सेन्टर, स्टेडियमहरू, खेलकुद हलहरू, पसलहरू, बैंकहरू आदि छन्।
सबै विदेशी विद्यार्थीहरूलाई विश्वविद्यालयबाट ५ मिनेट पैदल दूरीमा अवस्थित छात्रावासहरूमा किफायती र आरामदायी आवास प्रदान गरिन्छ।
सेक्सनल प्रकारका र करिडोर प्रकारका १९ आधुनिक छात्रावासहरू।
आवासको लागत (एकल, डबल, ट्रिपल) - ७६० देखि ९ २०० रूबल सम्म प्रति महिना।
BRICS बैकाल इन्स्टिच्युट
INRTU को एक शाखा इन्स्टिच्युट, एक अद्वितीय बहुसांस्कृतिक प्लेटफर्म हो, जहाँ अङ्ग्रेजी र चिनियाँ भाषामा शिक्षण सञ्चालन गरिन्छ।
जसको मुख्य विशेषता भनेको - शिक्षकहरू र विद्यार्थीहरूको बहुराष्ट्रिय संरचना हो। यहाँ नाइजेरिया, भारत, चीन र इरानका प्राध्यापकहरूले यहाँ पढाउँछन्, र BRICS देशहरू (रूस, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इरान, इथियोपिया, इन्डोनेसिया) र अन्य धेरै देशहरूका विद्यार्थीहरू यहाँ अध्ययन गर्छन्। यसका कारण शैक्षिक प्रक्रिया परम्परागत राष्ट्रिय शैक्षिक मोडेलहरूभन्दा बाहिर जान्छ र स्नातकहरूलाई गतिशीलता प्रदान गर्दछ - यहाँबाट प्राप्त ज्ञान र दक्षताहरूका आधारमा उनीहरूलाई रूस तथा अन्य देशहरूमा पनि आफ्नो करियर निर्माण गर्न सम्भव हुन्छ।
बैकाल इन्स्टिच्युट BRICS - सबै कार्यक्रमहरू अंग्रेजी र चिनियाँ भाषामा मात्र पढाइन्छ, र यहाँको अन्तर्राष्ट्रिय विद्यार्थी समुदायलाई विश्वका ५० भन्दा बढी देशहरूले प्रतिनिधित्व गर्छन्।
साइबेरियन स्कूल अफ जियोसाइन्सेस (SSG)
INRTU भित्रको अन्तर्राष्ट्रिय अनुसन्धान संस्थान।
यहाँ बृहत् स्तरको वैज्ञानिक अनुसन्धान सञ्चालन गरिन्छ र मौलिक शैक्षिक कार्यक्रमहरू लागू गरिन्छ, जसले विश्वविद्यालयलाई रूस, पूर्वी युरेशिया र अफ्रिकाको बजारमा पृथ्वी विज्ञान, वातावरण र भूमिगत प्रयोगको क्षेत्रमा अग्रणी विश्वविद्यालयहरू मध्ये एक बन्न सम्भव बनाउछ।
SSG विद्यार्थीहरूले वास्तविक गतिविधिको अनुभव मात्र प्राप्त गर्ने नभई इन्स्टिच्युट नछोडिकनै वास्तविक भूगर्भीय करियर पनि निर्माण गर्न सक्छन् र आफ्नो अध्ययनको क्रममा, जुनियर पाठ्यक्रमहरूमा प्रयोगशाला अनुसन्धान सहायकबाट वरिष्ठ पाठ्यक्रमहरूमा इन्जिनियर, परियोजना प्रबन्धकमा पनि जान सक्छन्।
अन्य INRTU इन्स्टिच्युटहरूको बारेमा जान्नुहोस्
clck.ru/3SikKG
१३.०६.२०२५