संस्कृति र जनतालाई एकताबद्ध गर्नाका लागि कार्यक्रमहरू । नेपालस्थित रूसी हाउस

Основное изображение статьи

दशकौदेखि, रूसी-नेपाल सम्बन्धहरू विभिन्न परिवेश र दिशाहरूमा सक्रिय रूपमा विकास हुँदै आएका छन्। द्विपक्षीय सहकार्यका प्राथमिकताका क्षेत्रहरूमध्ये शिक्षा र संस्कृति विशेष हुन्। नेपालको काठमाडौँस्थित  रोस्सात्रुद्निछेस्त्भो  प्रतिनिधि कार्यालय - रूसी हाउसले थुप्रै सांस्कृतिक परियोजनाहरू र शैक्षिक पहलहरूलाई समर्थन गर्दै सक्रिय चेतनामूलक कार्यहरु गर्दछ।

हाल यहाँकी कार्यवाहक निर्देशक साकानुश भान्यानले यस वर्ष काठमाडौँमा रूसी हाउसले आयोजना गरेका मुख्य कार्यक्रमहरूको बारेमा कुरा गर्दै हुनुहुन्छ।

क्रिसमस र नयाँ वर्ष

जनवरी २०२५ मा, रूसी सदनले  " कैदीहरूका बालबच्चाको लागि स्थापित बाल आश्रम"(PAN) संग सहकार्य गर्दै अर्थोडक्स क्रिसमस र नयाँ वर्ष २०२५ मनायो। आश्रयस्थलका बच्चाहरूले आफ्नो कलात्मकता र प्रतिभा उजागर गर्दै नेपाली लोकगीतहरूमा   नृत्यहरू प्रदर्शन गरेका थिए। उनीहरुले चम्किलो पोशाक, प्रत्यक्ष संगीत र गतिशील नृत्य प्रस्तुतिहरूले रमाईलो चाडको अनुभूति प्रदान गर्नुका साथै उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध पारे। यसका साथै, साना नेपाली भाइबहिनिहरुलाई भेट्न रूसी फादर फ्रस्ट या नै "जेद मारोज" आएका थिए।

प्रदर्शनी "शम्भलाको खोजीमा"

जनवरी २२ मा, रूसी हाउसले रूसी कलाकार नतालिया जाईत्सेवा-बोरिसोभाको "इन सर्च अफ शम्भाला" शिर्षकको प्रदर्शनी आरम्भ गर्यो: जसमा २० भन्दा बढी चित्रकलाहरू समावेश गरिएका थिए, जुन विभिन्न प्रविधिहरू (तैल, गौच, टेम्पेरा) को प्रयोग गरी  बनाइएका थिए र नेपाल तथा भारतको "हिमालय" विषयवस्तुद्वारा एकताबद्ध गरिएका थिए।

उक्त प्रदर्शनी नेपाली कला प्रेमीहरू, रुसी सदनका साझेदार संस्थाका प्रमुखहरू, विश्वविद्यालयहरू, कलेजहरू, नेपालमा रहेका रूसी डायस्पोराका प्रतिनिधिहरू, कूटनीतिज्ञहरू, रूसी दूतावासका कर्मचारीहरू र पत्रकारहरूले अवलोकन गरेका थिए।

प्रदर्शनीमा प्रस्तुत गरिएका कार्यहरूले सांस्कृतिक कूटनीतिको एक भागको रूपमा चित्रकलाको महत्त्वलाई जोड दिएका थिए।

एन्टोन चेखोभको वार्षिकोत्सव

जनवरी २४, २०२५ मा, महान रूसी लेखक ए. पी. चेखोभको १६५ औं वार्षिकोत्सवप्रति समर्पित एक अविस्मरणीय साहित्यिक साँझ आयोजना गरियो। यो नेपाल-रूसी साहित्यिक समाज (NRLA) सँगको सहकार्यमा आयोजना गरिएको थियो। कार्यक्रमले साहित्य र रूसी संस्कृतिका धेरै प्रेमीहरूलाई एकै ठाउँमा ल्यायो। साँझमा चेखोभका कथाहरूको पठन, उनको कामको बारेमा छलफल र प्रसिद्ध कृतिमा आधारित एनिमेटेड फिल्म "काष्टाङ्का" को प्रदर्शन समावेश थियो।

यो साहित्यिक साँझ कला र संस्कृतिको सम्मिश्रण थियो, जुन शैक्षिक सम्भावनाको ज्वलन्त उदाहरण बन्यो, र नेपालमा रूसी साहित्यको लोकप्रियतामा थप बढावा दिंदै उल्लेखनीय योगदान पुर्‍यायो। हामी आशा गर्छौं कि यो कार्यक्रम रूस र नेपाल बीच सांस्कृतिक आदानप्रदानको क्षेत्रमा नयाँ परियोजनाहरू र पहलहरूको लागि एउटा राम्रो सुरुवात हुनेछ।

RUDN को ६५ वर्ष

फेब्रुअरी ५, २०२५ मा, काठमाडौँको रूसी भवनमा एउटा महत्त्वपूर्ण कार्यक्रम सम्पन्न भयो — रूसको जनमैत्री विश्वविद्यालय (RUDN) को ६५ औं वार्षिकोत्सवको उपलक्षमा कार्यक्रम।

जहाँ कार्यक्रमका आयोजकहरू, "RUDN का साथीहरू" र "मित्र कुञ्ज" ले मित्रता र पारस्परिक समझदारीको वातावरण सिर्जना गरे, अनि रूस र नेपाल बीचको शैक्षिक र सांस्कृतिक सम्बन्धको महत्त्व प्रदर्शन गरे।

कार्यक्रममा कूटनीतिज्ञहरू, सांस्कृतिक क्षेत्रका प्रतिनिधिहरू र विश्वविद्यालयका साथीहरू सहित धेरै पाहुनाहरूलाई आमन्त्रित  गरिएको थियो। प्रमुख भाषणहरू मध्ये रुसका लागि नेपाली पूर्व राजदूत श्री हिरण्यलाल श्रेष्ठको "नेपालको विकासमा रूसी संघ र सोभियत संघको योगदान" विषयमा प्रस्तुत गरिएको प्रतिवेदन उल्लेखनीय थियो। उनले नेपालले ऐतिहासिक रूपमा विभिन्न धर्म र संस्कृतिहरूको एकीकरणको केन्द्रको रूपमा काम गरेको उल्लेख गरे, जसले यसलाई अद्वितीय बनाउँछ। आफ्नो अनुसन्धानमा, उनले नेपालको थप विकासमा अन्तर्राष्ट्रिय सहयोगले प्रमुख भूमिका खेल्न सक्छ भन्ने कुरामा जोड दिँदै रूस र अन्य देशहरूसँगको सम्बन्धलाई सुदृढ पार्ने आवश्यकतामा पनि ध्यान आकर्षित गरे।

सुरक्षित इन्टरनेट दिवस

फेब्रुअरी १२ मा, न्यू  सुम्निमा स्कूलका विद्यार्थीहरूले सुरक्षित इन्टरनेट दिवसको सम्मानमा डिजिटल स्पेसमा बालबालिकाको सुरक्षा सम्बन्धी अन्तरक्रियात्मक सेसनमा भाग लिए। यो रसियन हाउससँगको सहकार्यमा आयोजना गरिएको थियो र डिजिटल उपकरणहरू र अनलाइन प्लेटफर्महरूको सुरक्षित र जिम्मेवार प्रयोगको बारेमा जागरूकता जगाउने उद्देश्यले गरिएको थियो।

 यस्ता पहलहरूको निरन्तरताले शैक्षिक वातावरणको समग्र सुधारमा योगदान पुर्‍याउनेछ र नेपालमा रूसी शिक्षाप्रति विश्वास बढाउनेछ।

महान् विजयको ८० औं वार्षिकोत्सव

मे महिनामा, रूसी हाउस र नेपालस्थित रूसी दूतावासले महान देशभक्तिपूर्ण युद्धमा विजयको ८० औं वार्षिकोत्सवप्रति समर्पित कार्यक्रमहरूको श्रृंखला आयोजना गरे, जसमा अमर रेजिमेन्ट, सेन्ट जर्ज रिबन र महान देशभक्तिपूर्ण युद्धका महत्त्वपूर्ण घटनाहरूप्रति  समर्पित प्रदर्शनी समावेश थियो। यी कार्यक्रमहरूले कूटनीतिक समूहका  प्रतिनिधिहरू, नेपाली सार्वजनिक व्यक्तित्वहरू र रूसी भाषी समुदायलाई एकसाथ ल्याए, जसले साझा ऐतिहासिक स्मृतिमा एकता र गौरवको वातावरण सिर्जना गर्‍यो।

यसका साथै रसियन हाउसमा विजय दिवसको ८० औं वार्षिकोत्सवको अवसरप्रति  समर्पित गोलमेच सम्मेलन पनि आयोजना गरिएको थियो।आफ्ना साझेदार संस्थाहरूसँगको सहकार्यमा आयोजना गरिएको यस कार्यक्रमले शान्ति, दिगोपना र साझा इतिहासका महत्त्वपूर्ण मुद्दाहरूमा छलफल गर्‍यो। बैठक रुसी दूतावासलाई एकता र मित्रताको संयुक्त सन्देश सहित समाप्त भयो, जसले नेपाल र रुसबीचको बलियो सांस्कृतिक र कूटनीतिक सम्बन्धको पुष्टि गर्‍यो।

यसका साथै, महान् देशभक्तिपूर्ण युद्धमा विजयको ८० औं वार्षिकोत्सवको संयुक्त उत्सवको एक भागको रूपमा, काठमाडौँको चाबहिलमा रहेको राष्ट्रिय अर्किड बोर्डिङ स्कूलका विद्यार्थीहरूसँग भेटघाट गरिएको थियो।

महान विजयको ८० औं वार्षिकोत्सवप्रति समर्पित रूसी सदनका कार्यक्रमहरू सैन्य इतिहासको महत्त्व र पितृभूमिको लागि लड्नेहरूको वीरताको सम्झनालाई जोगाउने आवश्यकताको शक्तिशाली प्रतिक बन्यो।

मित्र कुञ्ज

मे १६, २०२५ मा, रसियन हाउसले सोभियत र रूसी विश्वविद्यालयका स्नातकहरूको संघ "मित्र कुञ्ज" को ५८ औं वार्षिकोत्सव गर्वका साथ मनायो, जुन नेपाल र रूस बीचको बलियो मित्रता र पारस्परिक सम्मानको प्रतीक हो।

रूस दिवस

जुन १२ मा, 'रूस दिवस' प्रति समर्पित कार्यक्रमहरूको एक भागको रूपमा, काठमाडौँ स्थित  रूसी हाउसमा एन.एन. नेक्रासोभको नाममा रहेको "ओर्फियस" टिभी र रेडियो केन्द्र अन्तर्गतको रूसी लोक वाद्ययन्त्रहरूको एकेडेमिक अर्केस्ट्राको कन्सर्ट आयोजना गरियो। संगीतकारहरूले एक विशेष कार्यक्रम प्रस्तुत गरे, जसमा प्रसिद्ध लोकगीतका हिटहरू र शास्त्रीय तथा लोक संगीतमा गरिएका रमाइला र अनौठा इम्प्रोभाइजेशनहरू समावेश थिए। कन्सर्टले कूटनीतिक नियोगका कर्मचारीहरू र आम जनतालाई एकै ठाउँमा ल्याएको थियो। यसको उद्घाटन रूसी कन्सुल आर्च्योम माक्सिमोभले गरेका थिए, जसले कला, साहित्य, संगीत र सांस्कृतिक आदानप्रदान मार्फत रूसी र नेपाली जनताबीचको सम्बन्धलाई सुदृढ पार्न सकिने कुरामा जोड दिएका थिए।

आवेदकहरूको लागि परामर्श

२०२५ मा, रूसमा अध्ययन गर्न चाहने आवेदकहरूका लागि नियमित अनलाइन र अफलाइन परामर्शहरू जारी छन्। रूसी हाउसले २०२५/२६ शैक्षिक वर्षको लागि राज्य कोटा अन्तर्गत रूसी संघमा अध्ययन गर्न छात्रवृत्तिको लागि आवेदन दिने नेपाली विद्यार्थीहरूको लागि प्रतिस्पर्धात्मक अन्तर्वार्ताहरू आयोजना गरेको थियो। छात्रवृत्ति कार्यक्रममा भाग लिनको लागि कुल १६१ विद्यार्थीहरूले आवेदन दिएका थिए।

शिक्षाका सबै तहहरु: स्नातक, स्नातकोत्तर र विद्यावारिधिका कार्यक्रमहरूमा अध्ययन गर्न आवेदकहरूको लागि अन्तर्वार्ताहरू सञ्चालन गरिएको थियो।

काठमाडौँस्थित रूसी सदन

१३.०६.२०२५
Наверх