12
इन्स्टिच्युट तथा उच्च विद्यालयहरू
250+
भन्दा अधिक स्नातक, विशेषज्ञ र मास्टर डिग्री कार्यक्रमहरू
50+
विद्यावारिधि कार्यक्रमहरू
36
अन्तर्राष्ट्रिय वैज्ञानिक प्रयोगशालाहरू तथा विश्वस्तरीय वैज्ञानिक तथा शैक्षिक केन्द्र। REC
500+
साझेदार रोजगारदाताहरू
2,800
५६ देशका विदेशी विद्यार्थीहरू
साउथ-उराल स्टेट युनिभर्सिटी – डिजिटल उद्योग, सामग्री विज्ञान र पारिस्थितिकीको क्षेत्रमा यस भेगकै एउटा नवीन विकास केन्द्र।
अध्ययनका सबै तहहरू
- स्नातक डिग्री
- स्नातकोत्तर डिग्री
- विद्यावारिधि डिग्री
अध्ययनका दिशाहरू:
- प्राविधिक र इन्जिनियरिङ
- प्राकृतिक विज्ञान
- सामाजिक र मानवीय
विश्वविद्यालयको संरचनामा
- वास्तुकला तथा सिभिल इन्जिनियरिङ संस्थान
- उच्च चिकित्सा तथा जैविक विद्यालय
- अर्थशास्त्र तथा व्यवस्थापन उच्च विद्यालय
- इलेक्ट्रोनिक्स तथा कम्प्युटर विज्ञान उच्च विद्यालय
- भाषाशास्त्र तथा अन्तर्राष्ट्रिय सञ्चार संस्थान
- मिडिया तथा सामाजिक विज्ञान तथा मानविकी संस्थान
- प्राकृतिक तथा सटीक विज्ञान (एकज्याक्ट साइन्स) इन्स्टिच्युट
- खेलकुद, पर्यटन तथा सेवा संस्थान
- पोलिटेक्निक संस्थान
- कानून संस्थान
साझेदार-रोजगारदाताहरू
कास्पेर्सकी ल्याब, स्बेर ब्यांक, म्याग्निटोगोर्स्क आइरन एण्ड स्टील वर्क्स "कामाज", राज्य निगमहरू "रोस्कोसमोस" र "रोसएटम"
बहुभाषिक वेबसाइट susu.ru
VK – @susu4you
Telegram – @news_susu
Youtube – @SUSU-TV
प्रति वर्ष ट्युसन शुल्क
≈ १,८०० – २,८०० अमेरिकी डलर *
*लागत दर फरक हुन सक्छ
अलेक्ज्याण्डर वाग्नर, SUSU का रेक्टर
वर्तमानमा, दक्षिण उराल राज्य विश्वविद्यालय आधुनिक रूसी शिक्षाको अग्रणीहरू मध्ये एक हो! हामी विश्वविद्यालयको हाम्रो इतिहास र परम्पराको सम्मान गर्छौं र समयका चुनौतीहरूलाई जवाफ दिँदै विकास गर्दै अघि बढ्छौं।
भर्ना
स्नातक र स्नातकोत्तर डिग्री कार्यक्रमहरूमा प्रवेशका लागि आवश्यक कागजातहरू:
- राहदानी
- अघिल्ला प्राप्त शिक्षा सम्बन्धी कागजात
- रूसी भाषामा सबै कागजातहरूको अनुवाद
प्रवेश परीक्षाहरू परीक्षणको रुपमा वा व्यक्तिगत अन्तर्वार्ताको रूपमा आयोजित गरिन्छ।
आवेदन कसरी दिने?
- applicant@susu.ru मा आफ्ना सबै आवश्यक कागजातहरु पठाउनुहोस्
- फारम भर्नुहोस्, सम्झौतामा हस्ताक्षर गर्नुहोस् र पढाईको लागि तोकिएको रकम भुक्तानी गर्नुहोस्
- प्रवेशको लागि इन्भीटेशन प्राप्त गर्नुहोस्
अगस्ट १ सम्म आवेदनहरू स्वीकार गरिनेछ।
पढाई रूसी तथा अंग्रेजी भाषाहरुमा सञ्चालन गरिन्छ।
रूसी भाषामा तय गरिएका पढाईका कार्यक्रमहरू अध्ययन गर्न, विदेशी नागरिकहरूले वर्षभरि एक वर्षको तयारी कोर्स (प्रिपेरेटरी कोर्स) पढ्न सक्छन् - SUSU को तयारी संकायमा रूसी भाषा लगायत पढाईसंग सम्बन्धित विशेष विषयहरू अध्ययन गर्न सकिन्छ।
वेबसाइट education-in-russia.com मा आवेदकहरूले रूसको संघीय सरकारबाट छात्रवृत्ति प्राप्त गर्ने अवसर पाउँछन्।
समर्थन पत्रको लागि, कृपया applicant@susu.ru मा सम्पर्क गर्नुहोस्।
अंग्रेजी भाषामा लोकप्रिय कार्यक्रमहरु (पाठ्यक्रमहरु)
स्नातक डिग्री, 4 वर्ष
- मेकाट्रोनिक्स र रोबोटिक्स
- अर्थशास्त्र
स्नातकोत्तर डिग्री, 2 वर्ष
- मेकाट्रोनिक्स र रोबोटिक्स
- जैव प्रविधि
- अर्थशास्त्र
- व्यवस्थापन
- भाषाशास्त्र
- न्यायशास्त्र (प्रोफाइल: रूसी कानून)
विदेशी विद्यार्थीहरूसँग काम गर्ने विभाग
+7 351 272-30-86
+7-900-067-66-85
applicant@susu.ru
विदेशी नागरिकहरूको लागि तयारी संकाय (प्रिपेरेटरी फ्याकल्टी)
रुसी भाषामा प्रोफाइल सब्जेक्टहरु सहित रुसी भाषाको तयारी कोर्स
A0 स्तरबाट भाषा सिकाइ
प्रोफाइलहरू
- प्राविधिक
- मानविकी
- चिकित्सा - जैविक
- अर्थशास्त्र
- प्राकृतिक विज्ञान
लागत १३५० अमेरिकी डलर*
*लागत दर फरक हुन सक्छ
हामी तपाईंलाई मद्दत गर्नेछौं:
- शुन्य बाटै रुसी भाषा सिक्नुहोस्;
- रूसी विश्वविद्यालयहरूमा भर्नाको लागि तयारी गर्नुहोस् र सफलतापूर्वक प्रवेश परीक्षा पास गर्नुहोस्;
- रूसको जीवनसंग आफूलाई एडप्ट (अनुकूलन) गराउनुहोस् र समृद्ध रूसी संस्कृतिसँग परिचित हुनुहोस्।
अनिवार्य ! रूसको कुनै पनि विश्वविद्यालयमा भर्ना भएपछि
- स्वास्थ्य परिक्षण ≈ प्रति वर्ष ६५ अमेरिकी डलर
- निरोगिताको प्रमाणपत्र ≈ ९० अमेरिकी डलर एक पटक
विदेशी नागरिकहरूको लागि
- भिसा सहयोग - नि:शुल्क
- कागजातहरूको दर्ता
- विमानस्थलमा भेटघाट
- छात्रावासमा तोकिएको निश्चित आवास ≈ प्रति महिना २० अमेरिकी डलर
विश्वस्तरीय अन्तर-विश्वविद्यालय क्याम्पस
कुल क्याम्पस क्षेत्र: १२३,१३४ वर्गमिटर
भवन क्षेत्र: २१,९७० वर्गमिटर
क्षेत्र संरचना:
- विद्यार्थी र शैक्षिक कर्मचारीहरूको लागि ३,४०० बेड भएको ८ आधुनिक होटलहरू
- शैक्षिक तथा वैज्ञानिक कम्प्लेक्स
- मोड्युलर सम्मेलन हलहरू
SUSU छनौट गरिने प्रमुख कारकहरू
- रूसी र अंग्रेजीमा कार्यक्रमहरू
- अन्तर्राष्ट्रिय औद्योगिक साझेदारहरू - प्र्याकटिकल र इन्टर्नशिपहरू
- शैक्षिक कागजातहरूको मूल्याङ्कन गर्ने विशेषज्ञ केन्द्र (विश्वविद्यालयसंग अध्ययनमा प्रवेशका लागि विदेशी शिक्षालाई मान्यता दिने वा नदिने भन्ने स्वतन्त्र रूपमा निधो गर्ने अधिकार रहेको छ।)
- शैक्षिक भवनहरूबाट पैदल दूरी भित्र अवस्थित ९ छात्रावासहरू
- CIS देशहरूमध्ये ८ औं सबैभन्दा शक्तिशाली सुपर कम्प्युटर प्रयोगशाला
- आफ्नै चिकित्सा केन्द्र र मनोरञ्जन केन्द्रहरू
- आफ्नै खेलकुद परिसर (पौडी खेलकुद, आरोहण पर्खाल, खेलकुद र व्यायाम कोठा)
१३.०६.२०२५