21
स्नातक (ब्याचलर) कार्यक्रमहरू
3
विशेषज्ञ(स्पेश्लिस्ट) कार्यक्रमहरू
16
स्नातकोत्तर (मास्टर्स) कार्यक्रमहरू
23
विद्यावारिधि कार्यक्रमहरू
16
कलेज कार्यक्रमहरू (SPO)
4,355
१५ देशका विदेशी विद्यार्थीहरू सहित विद्यार्थीहरू
भ्यात्का राज्य कृषि प्रविधि विश्वविद्यालयले कृषि विज्ञान, जीवविज्ञान, पशु विज्ञान, पशु चिकित्सा विज्ञान, कृषि इन्जिनियरिङ र अर्थशास्त्रका क्षेत्रमा प्रशिक्षण दिएर विशेषज्ञहरु तयार गर्दछ।
विश्वविद्यालयले रूसी संघको कृषि-औद्योगिक क्षत्रका सबैभन्दा ठूला उद्यमहरूसँग सहकार्य गर्दछ, जुन व्यावहारिक प्रशिक्षणका लागि अनि विद्यार्थी र स्नातकहरूकै लागि पनि रोजगारीका ठाउँ हुन्।
vgatu.ru
Telegram – @vgatu1930
VK – @info.vgatu
VK – @international_department_vgatu
प्रति वर्ष ट्युसन शुल्क
फुल टाइम फर्म्याट
कलेज ७५,००० - ९०,००० रूबल
स्नातक डिग्री, विशेषज्ञ डिग्री १३६,००० - १६०,००० रूबल
स्नातकोत्तर डिग्री १५०,००० - १७०,००० रूबल
विद्यावारिधि डिग्री १८५,००० - १९५,००० रूबल
भर्ना
जुन २०, २०२५ देखि भर्ना अभियानको सुरुवात
अगस्ट २०, २०२५ सम्म सम्झौता (कन्ट्र्याक्ट) का आधारमा कागजातहरू बुझी लिने
अगस्ट २५, २०२५ सम्म कन्ट्र्याक्टका आधारमा भर्ना गरिने
प्रवेश परीक्षाहरू व्यक्तिगत रूपमा र अनलाइन आयोजित गरिन्छ:
- स्नातक कार्यक्रमहरूको लागि: तीन विषयहरूमा परीक्षा
- स्नातकोत्तर कार्यक्रमहरूको लागि: अध्ययनको क्षेत्रसंग सम्बन्धित टेस्ट
- विद्यावारिधि कार्यक्रमहरूको लागि: विशेष विषयमा परीक्षा
शैक्षिक कार्यक्रमहरू अन्तर्गत स्नातक, स्नातकोत्तर, विद्यावारिधि स्तरमा अध्ययन निम्न रुपले सम्भव छ:
- अनुबंधित (कन्ट्रयाक्ट) शुल्कका आधारमा
- रूसी संघको सरकारको कोटा अन्तर्गत
आवेदकको गाइड
1. आवश्यक कागजातहरूको प्याकेज तयार गरेर priem@vgatu.ru इमेल मार्फत वा आवेदकको व्यक्तिगत खाता मार्फत पठाउन सकिनेछ। कुनैपनि जानकारी (इन्फर्मेशन) भर्दा रुसी भाषा मात्र प्रयोग हुनेछ।
- राहदानी र नोटरीकृत अनुवाद
- वैधानिक प्रक्रिया अनुरुप स्थापित शैक्षिक कागजातहरू र ग्रेडहरू सहितको ट्रान्सक्रिप्टहरू, र तिनको नोटरी गरिएको अनुवाद
- विदेशी शिक्षाको मान्यता प्रमाणपत्र (यदि आवश्यक भएमा)
- फोटो - ३×४ सेमी
- मोटिभेश्नल लेटर (स्नातकोत्तर/विद्यावारिधि अध्ययनको लागि)
- प्रकाशनहरू (पब्लिश्ड म्याटेरियल्स) को सूची (विद्यावारिधि अध्ययनको लागि)
2. प्रवेश परीक्षा पास गर्नुहोस्
3. विश्वविद्यालयबाट इन्भीटेशन लेटर प्राप्त गर्नुहोस् र रूसको विद्यार्थी भिसाको लागि आवेदन दिनुहोस्
4. कृपया आगमन-मिति बारे जानकारी गराउनुहोस्।
विदेशी विद्यार्थीहरूसँग काम गर्ने विभाग
+7 8332 57-43-59
ip@vgatu.ru
प्रिपेरेटरि फ्याकल्टी
कार्यक्रम " रुसी भाषामा हुने 'व्यावसायिक शैक्षिक कार्यक्रमहरू' मा दक्षता हासिल गर्न विदेशी नागरिक र राज्यविहीन व्यक्तिहरूलाई गराइने तयारी"।
ट्युसन शुल्क: 110 000- 150 000 RUB
अध्ययनका लोकप्रिय क्षेत्रहरू
- कृषि विज्ञान
- कृषि उत्पादनहरूको उत्पादन र प्रशोधन प्रविधि
- जीवविज्ञान (प्रोफाइलहरु: शिकार व्यवस्थापन ; जैविक पारिस्थितिकी)
- पशु विज्ञान (प्रोफाइल: दूध र दुग्धजन्य पदार्थ उत्पादनको प्राविधिक प्रक्रियाहरूको व्यवस्थापन)
- पशु चिकित्सा विज्ञान
- कृषि इन्जिनियरिङ
- यातायात तथा प्राविधिक मेसिन र कम्प्लेक्सहरूको सञ्चालन
- अर्थशास्त्र
- व्यवस्थापन
- आर्थिक सुरक्षा
महत्त्वपूर्ण! "कृषि इन्जिनियरिङ", "यातायात तथा प्राविधिक मेसिन र कम्प्लेक्सहरूको सञ्चालन", "पशु चिकित्सा विज्ञान" जस्ता तालिम कार्यक्रमहरूमा भर्ना हुन तपाईंले आफ्नो देशमा चिकित्सा परीक्षा (हेल्थ जाँच) गर्नुपर्छ र निरोगिताको प्रमाण पत्र लिनुपर्छ।
रूसी भाषा सिक्नेका लागि सुझावहरू
सिक्ने सुरुवाती चरणमा मुख्य कठिनाई लिखित भाषा हो।
- फोनेटिक्स र शब्दहरूको हिज्जेमा विशेष ध्यान दिनुहोस्, किनकि लेखनले पढ्ने, बोल्ने, व्याकरण, शब्दावली सिक्नमा महत्त्वपूर्ण सहयोगी भूमिका खेल्छ
- मौखिक भनाईलाई टिपोट गर्न सिक्नुहोस्: रूसीमा पढ्नुहोस् , रूसी संगीत सुन्नुहोस् , रूसी चलचित्रहरू हेर्नुहोस्
- सिकाईको सुरुवातदेखि नै रूसी बोल्न सुरु गर्नु महत्त्वपूर्ण छ। गल्ती होला भनेर नडराउनुहोस्: सबैले गल्ती गर्छन्!
- शिक्षकले तपाईं रूसी बोल्न प्रयास गर्दै हुनुहुन्छ भन्ने कुराको कदर गर्नुहुनेछ र तपाईंलाई बुझ्ने प्रयास गर्नुहुनेछ
- रूसी भाषा अभ्यास गर्न रूसमा आउनुहोस्
रूसी भाषा सिक्ने सबै चरणहरूमा आफ्नो लेखन र बोल्ने सीप सुधार गर्न नछोड्नु महत्त्वपूर्ण छ।
वंश पुरी, भारत
म भ्यात्का स्टेट टेक्निकल युनिभर्सिटीको जीवविज्ञान र पशु चिकित्सा संस्थानमा अध्ययन गरिरहेको छु। मैले पशु चिकित्सा विज्ञान अध्ययन गर्न सचेत रूपमा यो विश्वविद्यालय रोजेको छु। यस विश्वविद्यालयको ९५ वर्षभन्दा लामो इतिहास छ र यसलाई रूसको सबैभन्दा सम्मानित शैक्षिक संस्थाहरू मध्ये एक मानिन्छ।
वैज्ञानिक र व्यावहारिक दुवै गतिविधिहरूमा व्यापक अनुभव भएका उच्च योग्य शिक्षकहरू यहाँ काम गर्छन्। तिनीहरूले प्रत्येक विद्यार्थीको हेरचाह गर्छन्, विषयको गहिरो अध्ययन गर्न र व्यवहारमा ज्ञान लागू गर्न मद्दत गर्छन्।
शैक्षिक प्रक्रिया आधुनिक मेथोडोलोजी र प्रविधिहरू प्रयोग गरेर उच्च स्तरमा व्यवस्थित गरिएको छ। थप रूपमा, विदेशी विद्यार्थीहरूको लागि अंग्रेजीमा कार्यक्रम उपलब्ध छ, जसले प्रशिक्षणलाई सहज, प्रभावकारी र सकेसम्म बुझ्न सकिने बनाउँछ।
पूर्वाधार
- ब्रान्डेड र डिजिटल अडिटोरियमहरू
- १५ वैज्ञानिक प्रयोगशालाहरू
- पशु चिकित्सा क्लिनिक
- वैज्ञानिक उपकरणहरूको सामूहिक प्रयोगको लागि केन्द्र "एग्रोबायोटेक्नोलोजी"
- एग्रोटेक्नोपार्क
- जैविक संकायको संग्रहालय-प्रयोगशाला, रोग विज्ञान शारीरिक संग्रहालय, परजीवी संग्रहालय, भूगर्भ र प्राकृतिक इतिहास संग्रहालय
- सैन्य प्रशिक्षण केन्द्र
विदेशी विद्यार्थीहरूको अनुकूलन(एड़पटेशन)
- रूसी भाषी समूहहरूको समावेशीकरण, वरिष्ठ विद्यार्थी स्वयंसेवकहरूको नियुक्ति
- "रूसी भाषा स्कूल" मा उन्नत प्रशिक्षण
- विश्वविद्यालयको वैज्ञानिक, सांस्कृतिक, रचनात्मक वातावरणमा संलग्नता
- विश्वविद्यालयको अद्वितीय संग्रहालय परिसरहरूमा भ्रमण, र पाठ्यक्रमको रूपरेखा भित्र किरोभ शहर र किरोभ क्षेत्रका संग्रहालयहरूमा "रूसको संस्कृति" को अध्ययन
क्याम्पस
सबै विदेशी विद्यार्थीहरूलाई शैक्षिक भवनहरूदेखि पैदल दूरीमै अवस्थित र त्यो पनि शहरको सेन्टरमै अनि कम लागतमा आरामदायी छात्रावासहरूमा ठाउँहरू प्रदान गरिन्छ।
सरकारी बजेट अन्तर्गत अध्ययन गर्ने र कुनै पनि विषयमा फेल नभएका सबै विदेशी विद्यार्थीहरूले प्रति महिना ५,००० देखि १०,००० रूबलसम्मको छात्रवृत्ति पाउँछन्। विश्वविद्यालयको अन्तर्राष्ट्रिय, सांस्कृतिक र खेलकुद कार्यक्रमहरूमा सक्रिय सहभागिताको लागि, छात्रवृत्तिमा वृद्धि हुन सक्ने अवसर छ।
१३.०६.२०२५