30
अनुसन्धान केन्द्र र प्रयोगशालाहरू
215
वर्षको शैक्षिक परम्परा
2,000+
विदेशी विद्यार्थीहरू
Data as of २०२५ जुन १३
सम्राट अलेक्सान्दर प्रथमको नाममा रहेको सेन्ट पिटरबर्ग यातायात विश्वविद्यालय रूसको पहिलो उच्च यातायात शैक्षिक संस्था हो।
विश्वविद्यालयले स्नातक, विशेषज्ञ, स्नातकोत्तर र विद्ध्यावारिधि तहमा विस्तृत दायराका शैक्षिक कार्यक्रमहरू प्रदान गर्दछ।
PGUPS, विश्वविद्यालयहरूको विश्वव्यापी समग्र श्रेणीकरणको शीर्ष १० स्थानभित्र छ।
स्नातकहरूमध्य - यातायात मन्त्रीहरु, राजनीतिज्ञहरु, ठुल्ठूला यातायात, निर्माण, औद्योगिक उद्यमका प्रमुखहरु, प्रसिद्ध वैज्ञानिकहरु, आविष्कारकहरू छन्।
प्रति वर्ष ट्युसन शुल्क
स्नातक डिग्री ३,९९० EUR देखि
विशेषज्ञता ३,९९० EUR देखि
स्नातकोत्तर डिग्री ४४०० EUR देखि
विद्यावारिधि ५ २५० EUR देखि

”स्मेना" नामक डिटेचमेन्टको ४० औं वार्षिकोत्सवप्रति समर्पित प्रदर्शनी
संकायहरु (फ्याकल्टीहरु)
- स्वचालन र बौद्धिक प्रविधिहरू
- यातायात निर्माण
- यातायात व्यवस्थापन र रसद (लजिस्टिक)
- औद्योगिक र नागरिक निर्माण
- यातायात र ऊर्जा प्रणाली
- अर्थशास्त्र र व्यवस्थापन
- पूर्ण-समय शिक्षा संकाय
तालिम र विशेषज्ञताका शीर्ष ५ लोकप्रिय क्षेत्रहरू
- निर्माण र प्रविधि क्षेत्र सुरक्षा
- उद्योग र ऊर्जा
- यातायात र रसद
- अर्थशास्त्र र व्यवस्थापन
- सूचना प्रविधि
प्राथमिकता - २०३०
उद्देश्य: यातायात र निर्माण उद्योगहरूको लागि उच्च-गुणस्तर र प्रतिस्पर्धी शैक्षिक र अनुसन्धान सेवाहरूको व्यापक प्रावधानमा नेतृत्व, इन्जिनियरिङ कर्मचारीहरूको नयाँ पुस्ताको प्रशिक्षण, ज्ञान आदानप्रदान मार्फत नवप्रवर्तनहरू सिर्जना गर्ने, साझेदारहरूसँग व्यापक सहयोगमा रूसी संघको बौद्धिक र प्राविधिक सार्वभौमिकता सुनिश्चित गर्ने।
रणनीतिक परियोजनाहरू
- बुद्धिमतापूर्ण यातायात पूर्वाधारको सुरक्षित पारिस्थितिक प्रणाली
- निर्माणको क्षत्रमा नयाँ प्रविधि र सामग्रीहरू
- भारी वस्तुहरुको परिवहन - रूसी अर्थतन्त्रको चालक हो
विद्यार्थी जीवन
- अग्रणी विश्वविद्यालय वैज्ञानिकहरूको मार्गदर्शनमा वैज्ञानिक सर्कल र अनुसन्धान प्रयोगशालाहरूमा काम
- अनुसन्धान, खेलकुद, सांस्कृतिक र सार्वजनिक गतिविधिहरूमा गरिएका सफलताका लागि बढाइने छात्रवृत्ति
- विद्यार्थीहरुका वैज्ञानिक अनुदानहरुबीच प्रतिस्पर्धा
- स्वयंसेवा गतिविधिका ७ क्षेत्रहरू
- १६ विद्यार्थी टोलीहरू, जसमध्ये ४ वर्षभरिकै लागि

TMH र PGUPS ले एक सहयोग सम्झौतामा हस्ताक्षर गरे
विदेशमा अध्ययन
प्रत्येक वर्ष, १५० भन्दा बढी विद्यार्थीहरूले विश्वविद्यालयको अन्तर्राष्ट्रिय गतिशीलता कार्यक्रमहरूमा भाग लिन्छन्। यी कार्यक्रमहरू चीन, काजाकिस्तान, उज्बेकिस्तान, आदिका विश्वविद्यालयहरूसँग लागू गरिन्छ।
- प्रमुख विदेशी यातायात विश्वविद्यालयहरूसँग १३ संयुक्त र नेटवर्क शैक्षिक परियोजनाहरू
- ९५ विदेशी साझेदार विश्वविद्यालयहरु
विदेशी विद्यार्थीहरूको लागि रूसी भाषा कार्यक्रमहरू
- पूर्व-विश्वविद्यालय प्रशिक्षण (प्रिपेरेटरी कोर्स)
- भाषा इन्टर्नशिप
- गर्मी र जाडो यामका स्कूलहरू
- TRKI परीक्षा तयारी
- अनलाइन पाठ्यक्रमहरू
- "शैक्षिक पर्यटन"
अन्तर्राष्ट्रिय सम्बन्ध विभाग
यसले विदेशी विद्यार्थीहरूको लागि बसाइँसराइ र भिसा सहयोग प्रदान गर्दछ, संगठनात्मक समस्याहरू समाधान गर्न मद्दत गर्दछ।
+7 812 457-80-39
inter@pgups.ru
41+
विद्यार्थीहरूको देशको जियोग्राफी
300+
विद्यार्थीहरू वार्षिक

नान्किन रेलवे इन्स्टिच्युट अफ टेक्नोलोजीका विद्यार्थीहरूका लागि ग्रीष्मकालीन विद्यालय २०२३
इन्टर्नशिप र रोजगारी
PGUPS का विद्यार्थीहरूले "रूसी रेलवे", अग्रणी यातायात, डिजाइन र निर्माण संस्थाहरू द्वारा कमिसन गरिएका वास्तविक डिप्लोमा परियोजनाहरू सञ्चालन गर्छन्। 'स्नातक योग्यता कार्यहरू' वर्तमान उत्पादन समस्याहरू समाधान गर्ने उद्देश्यले गरिन्छ।
PGUPS मा एक प्रशिक्षण रेलवे साइट छ, जसले विद्यार्थीहरूलाई इन्टर्नशिपहरू लिन र उनीहरूको अध्ययनको क्रममा अनुभव प्राप्त गर्न सहयोग गर्छ।
PGUPS का विशेषज्ञहरू र स्नातकहरूले रूसमा उच्च-गति रेल यातायात सिर्जना गर्ने र रूसी उच्च-गतिका रेलहरू "लास्तोच्छ्का" र "साप्सान" को आधुनिकीकरण गर्ने परियोजनामा भाग लिए।
स्नातकहरूको ९८.५% रोजगारी: यो शिक्षाको उच्च गुणस्तर र तालिमको क्रममा प्राप्त व्यावहारिक सीपहरूको कारणले गर्दा हो।
उन्नत इन्जिनियरिङ स्कूल
- उच्च-प्रविधि कम्पनीहरू र वैज्ञानिक संस्थाहरूसँगको साझेदारीमा नयाँ पुस्ताका इन्जिनियरहरूको उन्नत तालिम
- पोलिगोनमा रेलवे यातायात नियन्त्रणको लागि बुद्धिमतापूर्ण सुरक्षा प्रणालीहरू(इन्टेलेकचुअल सेफ्टी सिस्टम्स)को निर्माण
- नयाँ पुस्ताका सुरक्षा प्रणालीहरूको पूर्ण जीवनचक्र सुनिश्चित
- वैज्ञानिक र शैक्षिक गतिविधिहरूको कार्यान्वयन
विज्ञान
विश्वविद्यालयको वैज्ञानिक गतिविधिका सबैभन्दा महत्त्वपूर्ण क्षेत्रहरू यातायात र यातायात निर्माणको क्षेत्रमा आधारभूत र व्यावहारिक अनुसन्धानको कार्यान्वयनसँग सम्बन्धित छन्।
30+
अनुसन्धान केन्द्रहरू र प्रयोगशालाहरू
70+
आविष्कारहरूको लागि वार्षिक पेटेन्टहरू
700+
विद्यार्थीहरू वैज्ञानिक कार्यमा भाग लिन्छन्
१ अर्ब रुबल भन्दा बढीको रकम बिनियोजन वैज्ञानिक अनुसन्धानका लागि: विश्वविद्यालय वैज्ञानिक गतिविधिहरूमा सक्रिय रूपमा संलग्न छ, वार्षिक रूपमा विभिन्न क्षेत्रहरूमा सयौं अनुसन्धान परियोजनाहरू कार्यान्वयन गर्दछ।
अनुसन्धान क्षेत्रहरू
अनुसन्धान क्षेत्रहरूको विविधताले हाम्रा शिक्षण कर्मचारीहरूको विशेषज्ञताको फराकिलो दायरा र हाम्रो शैक्षिक वातावरणको अन्तरविषय प्रकृतिलाई प्रतिबिम्बित गर्दछ।
- उच्च-गतिको रेल ट्राफिक
- सुदूर उत्तर र पर्माफ्रस्टको अवस्थामा ठूला पूर्वाधार सुविधाहरूको समर्थन
- चुम्बकीय उत्खनन
- प्रविधि क्षेत्र सुरक्षा
- रेलवे यातायात व्यवस्थापनको डिजिटलाइजेशन
- ऊर्जा बचत र ऊर्जा दक्षता
१३.०६.२०२५