प्रिय साथीहरू! नमस्कार। के तपाईं यो लोकप्रिय अनि प्राय: प्रयोगमा आइरहने रुसी अभिव्यक्तिको विश्लेषण गर्न तयार हुनुहुन्छ, जुन विदेशीहरूले मात्र नभई कहिलेकाहीं धेरै रूसीहरूले पनि बुझ्दैनन्? यहाँ "बाँदरको काम" भनिएको छ। किन बाँदर नै भनियो? "हात्तीको मेहनत" पनि त भन्न सकिन्थ्यो ? अनि बाँदरले के चाहिं त्यस्तो काम गरेको थियो?
विदेशीहरूको लागि रूसी उखानटुक्का र वाक्यांशशास्त्रीय एकाइहरू । "बाँदरको काम"

अब यसको अर्थ बुझौँ
"बाँदरको काम" भन्ने वाक्यांशको एकाइ तब प्रयोग गरिन्छ जब कोही भन्न चाहन्छ कि काम कामको खातिर मात्र गरिएको थियो, लाभदायक र गुणस्तरीय परिणामको खातिर होइन, कसैलाई त्यस कामको आवश्यकता नै हुँदैन। कुनै व्यक्तिले धेरै प्रयास गर्यो, तरै पनि काम बेकार र अर्थहीन भयो।
उत्पत्ति (शुरुवाती स्रोत)
यस अभिव्यक्तिको उत्पत्तिको बारेमा कुनै विशेष मतभेद छैन। यहाँ लेखकले एउटा बाँदरको छविलाई प्रस्तुत गरेका छन् , जसले बडो मेहनतका साथ ठूलो काठको ब्लकलाई अगाडि पछाडि समातेर घुमाईरहेको थियो, यो काममा उसले बडो लगनशील भएर लागेको भएपनि, धेरै थाके तापनि, उसको कामको प्रशंशा कसैले गरेन, कसैले उसलाई श्यावासी पनि दिएन, किनकि उसको यस कामबाट कसैलाई कुनै फाइदा थिएन।
आइ.ए. क्रिलोभको यस कथालाई "द मंकी" भनिन्छ (१८११)। मंकीले यो सबै किन गर्यो ? उसले ठूलो क्षत्रफलको खेत जोत्ने एउटा मेहनती हलीले आफ्नो कामको लागि पाएको वाहवाहि देखेको थियो र उसलाई ईर्ष्या लाग्थ्यो, उ यस्तै प्रशंशा दुनियाँले आफूलाई पनि गरुन भन्ने चाहन्थ्यो। यसको लागि उसले मेहनत त गर्यो, तर त्यसको परिणाम भने उसले चाहेझैं ठ्याम्मै भएन। - "तिमीले कडा परिश्रम त गर्यौ, तर यसबाट कसैलाई कुनै फाइदा भने भएन।"
प्रयोग
"बाँदरको काम" धेरै मानिसहरूले सामना गर्ने समस्या हो।
"बाँदरको काम" भन्ने अभिव्यक्तिले हामीलाई कुनै पनि गतिविधिको लागि अर्थपूर्ण दृष्टिकोणको महत्त्वको सम्झना गराउँछ - अध्ययन गर्नु, काम गर्नु, कडा परिश्रम गर्नु मात्र प्रमुख होइन, बुद्धिमानीपूर्वक गर्नु सबैभन्दा महत्त्वपूर्ण छ।
"बाँदरको काम" भन्ने वाक्यांश रूसी आलोचक डी.आई. पिसारेभको कारणले लोकप्रिय भयो। यो वाक्यांश दन्त्यकथामा छैन। यो पिसारेभ नै थिए जसले लोकप्रिय अभिव्यक्तिलाई आज हामीले थाहा पाएको अर्थ र रूपमा प्रयोग गरे - बेकार प्रयास, मेहनत, जोसिलो गतिविधिको नक्कल, जसले कुनै परिणाम निम्त्याएन।

पर्यायवाची (समानार्थी) शब्दहरु
- व्यर्थ काम
- व्यर्थ पेशा
- खाली चिन्ता
- व्यर्थ श्रम
- परिणामहीन श्रम
- व्यर्थ प्रयास
- लक्ष्यहीन गतिविधि
- अन्धो श्रम
रूसका विश्वविद्यालयहरू
विश्वविद्यालय छान्नुहोस्


