24
स्नातक (ब्याचलर) कार्यक्रमहरू
18
स्नातकोत्तर (मास्टर्स) कार्यक्रमहरू
14
विद्यावारिधि कार्यक्रमहरू
9
माध्यमिक व्यावसायिक शिक्षाका ९ कार्यक्रमहरू
7,000
विद्यार्थी र श्रोताहरू, जसमध्य ३०० विदेशीहरू
1,181
हेक्टर जमिन, जसमध्य ११४० हेक्टर भूमि कृषिका लागि
SPbSAU उत्तरपश्चिमी संघीय जिल्लाको एक प्रमुख औद्योगिक विश्वविद्यालय हो, एक अन्तर्राष्ट्रिय वैज्ञानिक र शैक्षिक केन्द्र हो, र रूसमा कृषि शिक्षामा अग्रणी मध्ये एक हो।
यसले कृषि जैविक, इन्जिनियरिङ र प्राविधिक तथा सामाजिक-आर्थिक क्षेत्रमा विशेषज्ञहरू तयार गर्छ।
spbgau.ru
- त्सारस्कोये सेलो कृषि तथा प्राविधिक कलेज
- व्यवस्थापन तथा कृषि व्यवसाय एकेडेमी
- कालिनिनग्राद शाखा
सन् २०२५ को लागि उत्तरपश्चिमी संघीय जिल्लाका विश्वविद्यालयहरू मध्ये १०औं
सन् २०२५ को लागि सेन्ट पिटर्सबर्गका प्राकृतिक विज्ञान विश्वविद्यालयहरूमध्ये ९औं
सन् २०२५ को लागि रूसी संघका सबै विश्वविद्यालयहरू मध्ये २९९ औं
प्रति वर्ष ट्युसन शुल्क
स्नातक डिग्री २००,००० – २,५०,००० रूबल
स्नातकोत्तर डिग्री २५०,००० – ३००,००० रूबल
विद्यावारिधि डिग्री ३५०,००० – ४००,००० रूबल
इंस्टीच्युटहरु
*स्नातक डिग्री (B), स्नातकोत्तर डिग्री (M), विद्यावारिधि डिग्री (Dr)
पावर इन्जिनियरिङ इन्स्टिच्युट
कृषि इन्जिनियरिङ (B,M); इलेक्ट्रोपावर इन्जिनियरिङ र इलेक्ट्रिकल इन्जिनियरिङ (B); हीट इनर्जी इन्जिनियरिङ र हीट इन्जिनियरिङ (M); कृषि-औद्योगिक परिसरको विद्युतीय प्रविधि, विद्युतीय उपकरण र ऊर्जा आपूर्ति (Dr)।
कृषि प्रविधि तथा खाद्य उत्पादन संस्थान
कृषि रसायन विज्ञान र माटो विज्ञान (B , M); कृषि विज्ञान (B,M), बागवानी (B,M); कृषि उत्पादनहरूको उत्पादन र प्रशोधन प्रविधि (B); सामान्य कृषि र बिरुवा उब्जाउ (Dr); कृषि रसायन विज्ञान, माटो विज्ञान, बिरुवा संरक्षण र क्वारेन्टाइन (Dr); बागवानी, तरकारी उब्जाउ, अङ्गुर खेती र औषधीय बाली (Dr)।
वी.आई. नाउमोभको नाममा रहेको पशुपालन तथा आकवा कल्चर (जलचर) इन्स्टिच्युट।
जीवविज्ञान (B); जलीय जैविक स्रोत र जलचर (B, M); पशु विज्ञान (B , M); सरसफाइ(स्यानिटेशन), हाइजिन, इकोलोजी, पशु चिकित्सामा सरसफाइ परीक्षण र जैव सुरक्षा (Dr); निजी पशु विज्ञान, आहार विधि, दाना तयारी प्रविधि र पशुजन्य उत्पादन (Dr); पशु प्रजनन, छनोट, जेनेटिक्स (आनुवंशिकी) र जैव प्रविधि (Dr); मत्स्यपालन, जलचर र इन्डस्ट्रियल फिशिंग (Dr)।
इन्जिनियरिङ तथा प्राविधिक इन्स्टिच्युट
टेक्नोस्फियर सुरक्षा (B); यातायात तथा प्राविधिक मेसिन र कम्प्लेक्सहरूको सञ्चालन (B); कृषि इन्जिनियरिङ (B,M); कृषि-औद्योगिक परिसरको लागि प्रविधि, मेसिन र उपकरणहरू (Dr); व्यावसायिक सुरक्षा (Dr)।
निर्माण, वातावरणीय इन्जिनियरिङ र ल्याण्डस्केप वास्तुकला इन्स्टिच्युट
निर्माण (B); भूमि व्यवस्थापन र इनभेनटरी (B,M); ल्याण्डस्केप आर्किटेक्चर (B,M); वाटर सेपरेशन (B); भूमि व्यवस्थापन, इन्भेंटरी र भूमि अनुगमन (Dr)।
अर्थशास्त्र तथा व्यवस्थापन इन्स्टिच्युट
अर्थशास्त्र (B); व्यवस्थापन (B,M); राज्य र नगरपालिका प्रशासन (B,M); सेवा (B); फाइनान्स र ऋण (M); क्षेत्रीय तथा क्षेत्रगत अर्थशास्त्र (क)।
ई.ए. एङ्गेलको नाममा रहेको ल इन्स्टिच्युट (कानून संस्थान)
न्यायशास्त्र (B,M); सैद्धान्तिक र ऐतिहासिक कानून विज्ञान (Dr); सार्वजनिक कानून (राज्य कानून) विज्ञान (Dr)।
एडमिसन कमिटी
+7 812 451-90-80
+7 812 612-12-67
Telegram – @pk_spbgau
प्रशिक्षणको ढाँचा: इलेक्ट्रोनिक प्रविधि प्रयोग गरेर हुने फुल टाइम (पूर्ण-समय) पढाई
प्रशिक्षण अवधि: अक्टोबर-अगस्ट (२-सेमेस्टर कार्यक्रम)
मूल्य २३६,०००रूबल
विदेशी नागरिकहरूको भर्ना
प्रोफाइलहरू
- प्राकृतिक विज्ञान - रूसी भाषा, गणित, भौतिक विज्ञान, रसायन विज्ञान
- प्राविधिक इन्जिनियरिङ र प्रविधि - रूसी भाषा, गणित, भौतिक विज्ञान, कम्प्युटर विज्ञान
- चिकित्सा तथा जैविक - रूसी भाषा, रसायन विज्ञान, जीवविज्ञान, भौतिक विज्ञान
- अर्थशास्त्र - रूसी भाषा, गणित, सामाजिक अध्ययन, कम्प्युटर विज्ञान
अन्तर्राष्ट्रिय कोल्याबरेशन, विदेशी विद्यार्थीहरूको गतिविधि र विद्यार्थी जीवनको बारेमा समाचार
SPbSAU ले बेलारुस, चीन, मंगोलिया र काजाकिस्तानका विश्वविद्यालयहरूसँग वैज्ञानिक र शैक्षिक कोल्याबरेशनको विकास गर्दछ
रोजगारी
शहर र वरिपरिका क्षेत्रका मुख्य उत्पादन साझेदारहरूलाई स्नातकहरूको माग हुन्छ। यसमा समावेश छन्: रोसेलखोजबैंक, फोसएग्रो, बायोट्रोफ, पिटर्सबर्ग ट्रयाक्टर प्लान्ट, मिन्स्क ट्रयाक्टर प्लान्ट, एन.आई. भाभिलोभको नाममा राखिएको संघीय अनुसन्धान केन्द्र अखिल -रूसी प्लान्ट जेनेटिक रिसोर्सेस, लेनिनग्राद कृषि अनुसन्धान संस्थान "बेलोगोर्का" - ए.जी. लोर्खको नाममा राखिएको संघीय आलु अनुसन्धान केन्द्रको शाखा, रूसी राष्ट्रपति अन्तर्गतको राष्ट्रिय अर्थतन्त्र र सार्वजनिक प्रशासनको एकेडेमी ; पिटर्सबर्ग बायोटेक्नोलोजी, कृषि-औद्योगिक होल्डिंग मिरातोर्ग।
भारतीय, विद्यार्थीहरू किन रूस र SPbSAU लाई रोज्छन्?
रूस - भविष्यको देश हो, जुन द्रुत गतिमा विकास भइरहेको छ। रूसको आफ्नै समृद्ध संस्कृति छ र भारतसँग लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध कायम छ, त्यसैले यी विद्यार्थीहरूमा देश, परम्परा र भाषाको बारेमा सकेसम्म धेरै सिक्ने इच्छा हुन्छ।
विश्वविद्यालय र अध्ययनका क्षेत्रहरू (मुख्यतया कृषि र सिभिल इन्जिनियरिङ) को छनोट व्यक्तिगत रुचि (परिवार र आफन्तहरूको रुचि र भारतमा बसोबास गर्ने ठाउँ) अनुरुप निर्धारण गरिन्छ।
कोही विद्यार्थीहरूले SPbSAU को बारेमा पहिले रूसमा (मस्को वा सेन्ट पिटर्सबर्गमा) अध्ययन गरेका साथीहरू वा परिवारका सदस्यहरूबाट बुझेका हुन्छन। कसैले आफ्नो अध्ययनको क्षेत्रमा इन्टरनेटमा विश्वविद्यालयको व्यक्तिगत खोजी मार्फत यसको बारेमा जानकारी प्राप्त गरेका हुन्छन। विद्यार्थीहरू विश्वविद्यालयको क्षमता र सेन्ट पिटर्सबर्गमा यसको स्थानबाट पनि आकर्षित हुन्छन्।
विद्यार्थीहरूलाई रसिया देश र त्यहाका जनता दुवै साँच्चै मन पर्छ। विश्वविद्यालय आफैंमा धेरै सुन्दर र आधुनिक छ, र शिक्षकहरू धेरै सहयोगी र दयालु छन्। सबैजना सहयोग गर्न उत्सुक र मैत्रीपूर्ण छन्। यसको अतिरिक्त, विश्वविद्यालय सुन्दर, शान्त र हरियाली क्षेत्रमा अवस्थित छ, तर त्यहाँबाट शहर आफैं पनि धेरै नजिक छ।
धेरै विद्यार्थीहरू तयारी संकाय (प्रिपेरेटोरी फ्याकल्टी) को समाप्ति पछि स्नातक वा स्नातकोत्तर तहमा आफ्नो अध्ययन जारी राख्न चाहन्छन् र केही समय रूसमा बस्न चाहन्छन्।
रुसी भाषा
भारतीय विद्यार्थीहरूको लागि रुसी भाषा सिक्न त्यति सजिलो छैन, धेरैलाई व्याकरण वा नयाँ शब्द अनि तिनका उच्चारण ध्वनिहरू सम्झन गाह्रो लाग्छ। यद्यपि, विद्यार्थीहरूले आफूलाई मन पर्ने भाषाका पक्षहरू फेला पार्ने प्रयास गर्छन्। उदाहरणका लागि, कसैलाई "Д" वा "Ж" अक्षरहरूको हिज्जे साँच्चै मन परेको पाइन्छ, कसै कसैले रूसी व्याकरणलाई आफ्नो मातृभाषा वा अंग्रेजीसँग तुलना गर्ने प्रयास गर्छन्, जसले कहिलेकाहीं उनीहरुलाई मद्दत पनि गर्न सक्छ।
उपयोगी सल्लाह: भारतमा रहँदा नै रुसी भाषाको गहन अध्ययन गर्नुहोस्, कम्तिमा व्याकरण र शब्दावली, यसले तपाईंलाई रूसमा छिटो घुलमिल हुन मद्दत गर्नेछ। र सधैं नयाँ अनुभवहरूको लागि आफूलाई तत्पर राख्नुहोस्।
लाभहरू
- लेनिनग्राद क्षेत्र र सेन्ट पिटर्सबर्ग शहरका ठूला उद्यमहरूमा रोजगारी खोज्ने अवसर
- विश्वविद्यालय क्याम्पसमा अवस्थित छात्रावासहरूमा सुविधाजनक तथा आरामदायी आवासको व्यवस्था
- भविष्यमा छनौट गरिएको पेशाकै लागि प्रत्यक्ष रूपमा हुने विद्यार्थी इन्टर्नशिपहरू
- व्यापक वैज्ञानिक गतिविधिहरू (व्यापार साझेदारहरू सहित १५ प्रयोगशालाहरू, विश्वविद्यालय-व्यापी वैज्ञानिक र शैक्षिक प्रयोगशालाहरू, प्रकाशन र मुद्रण कम्प्लेक्स)
- सक्रिय अन्तर्राष्ट्रिय गतिविधिहरू (चीन, मंगोलिया, काजाकिस्तान, बेलारुस, आदिसँगको सहकार्य)
भारतीय मूलका विद्यार्थीहरूको लागि अंग्रेजी भाषाका कार्यक्रमहरू
कृषि विज्ञान: एकीकृत बिरुवा संरक्षण
कृषि प्रविधि तथा खाद्य उत्पादन संस्थान, बिरुवा संरक्षण तथा क्वारेन्टाइन विभाग
अध्ययन अवधि: २ वर्ष
कार्यक्रमलाई ३ भागमा विभाजन गरिएको छ:
- कृषि बालीका प्रमूख रोगहरु र तिनमा लाग्ने कीराहरूको मुख्य समूह
- बिरुवा संरक्षणका विधिहरू
- कृषिजन्य वस्तुहरूको फाइटोसेनिटरी अनुगमन
अवसरहरू:
- व्यावहारिक सिकाइको दृष्टिकोण अपनाएर गहन ज्ञान र सीप प्राप्त गर्ने।
- सामान्य कृषि, बिरुवा उब्जाउ र बिरुवा संरक्षणको क्षेत्रमा अनुसन्धानात्मक कार्यहरु सञ्चालन गर्ने।
शैक्षिक अभ्यास र इन्टर्नशिपका लागि आधारहरू
- कृषि उद्यमहरू
- विज्ञान-अनुसन्धान संस्थानहरू
स्नातकहरूका लागि सम्भावित पदहरू: प्रमुख कृषिविद्, अनुसन्धान कर्मचारी, विभाग प्रमुख, प्रयोगशाला प्रबन्धक।
रोजगारदाताहरू: संघीय भन्सार सेवा, कृषि उद्यमहरू, अनुसन्धान संस्थानहरू।
१३.०६.२०२५